बर्देउटारका किसान व्यवसायिक पशुपालन तर्फ आर्कषित 

RadioSiddhababa

 

असोज २८, सिन्धुली पराम्परागत रुपमा पशु पालन गर्दै आएका कमलामाई ७ बर्देउटार सिन्धुलीका एक किसान भैसि पालन र बाख्रा पालन ब्यबसाय तर्फ आर्कषित भएका हुन थालेका छन् । 
आधुनिक प्रणालीलाई अपानाएर व्यवसायिक रुपमा भैसि तथा बाख्रा पालन व्यवसाय गर्दा राम्रो आम्दानी हुन थाले पछि किसान व्यवसायीक पशु चौपाय पालन तर्फ आर्कषित भएका हुन् । 
भैसि पालनबाट मासिक रुपमा ५० हजार र बाख्रा पालनबाट बार्षिक रुपमा १ लाख ५० हजारको हाराहारीमा फाइदा लिने गरेको सिन्धुलीको कमलामाई नगरपालीका ७ बर्देउटारका जित बहादुर थापाले बताउनुभयो । सामान्य परिवार भएकोले गुजारा चलाउन पनि कठिन हुने जित बहादुरलाई अहिले भैसिपालन र बाख्रा पालन बाट जिबिकोपार्जन गर्न सहज भएको र छोराछोरीको शिक्षादिक्षामा पनि टेवा पुगेको बताउनु भयो ।
 उहाँ संग अहिले ४ वटा दुहुनो भैसि रहेको छ ,४ ओटा भैसि बाट दैनिक ५० लिटर दुध उत्पादन हुने बताउनुहुन्छ । अनुदानको रुपमा भेटनरी बाट १ लाख रुपैया  लिनु भएको पनि उहाँले बताउनु भयो । जागिर खानको लागि पढाईलेखाई नभएता  पनि भैसि पालनबाट फाईदा पुगे पछि आफ्नो ब्यबसाय बाट सन्तुष्ट रहनु भएको पनि बताउनु भयो । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार

RadioSiddhababa

राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन