सिन्धुलीको सुनकोशी नदी किनारमा बस खस्दा ३ जनाको मृत्यु, ६ जना घाईते

RadioSiddhababa


असोज २६, सिन्धुली –विपी राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाँउपालिका–५, रिठ्ठे भीर बाट यात्रु बाहक बस सुनकोशी नदी किनारमा खस्दा शुक्रबार तीन जनाको मृत्यु भएको छ । सो दुद्र्धटनामा परी अन्य ६ जना घाइते भएका छन् ।
 दुर्घटनामा परी बसका चालक मरिण गाउँपालिका–७, का २८ वर्षका राजकुमार लामा त्यसमा सवार उनका भाइ २३ वर्षका अमृत लामा र सिन्धुपाल्चोक जिल्लाको सुनकोसी गाँउपालिका–८ का २९ वर्षीय रवि खड्काको मृत्यु भएको छ । खड्काको घट्नास्थलमै लामा दाजुभाईको धुलिखेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
 दुर्घटनामा मरिण गाउँपालीकाका ३० वर्षिय आशिष लामा, रामेछाप खाडादेवि ५ बस्ने बर्ष २४ का दिर्ग राज मोक्तान, सिन्धुपाल्चोक बलेकी गाउँपालीका वडा नं ८ बस्ने १८ बर्षका रोहन पराजुली र बसमा ठक्कर खाने मोटरसाईकलमा सवार देवेन्द्र विक सामान्य घाईते भएका जिल्ला प्रहरी उपरीक्षक रामेश्वर प्रसाद यादवले बताउनुभयो । घाईते २ जनाको भने नाम खुल्न नसकेको प्रहरी उपरिक्षक यादवको भनाई छ । घाईतेहरुको धुलिखेल  अस्पतालमा उपचार भईरहेको छ । 
 सिन्धुलीको मरिणबाट काठमाडौं जाँदै गरेको ना ६ ख ९१२ नम्बरको बासुकी नामको बस रिठ्ठे भीरको सडकबाट सुनकोसी नदीमा खसेको उहाँको भनाई छ । प्रहरीका अनुसार बस आँफै अनियन्त्रित भई सडकबाट ५ सय मिटर तल बाट खसी सुनकोसी नदीमा डुबेको हो । तीन वर्ष अघि पनि त्यसै ठाँउमा यात्रुबाहक बस दुर्घटना हुँदा ४१ जनाका घटनास्थलमै मृत्यु थियो ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा