शिद्धबाबा सञ्चार सहकारीको अध्यक्षमा फेरी कार्की चयन

RadioSiddhababa


असोज २५, सिन्धुली – शिद्धबाबा सञ्चार सहकारी संस्था लि. (रेडियो शिद्धबाबा) को सातौ वार्षिक साधारण सभा तथा तेश्रो अधिवेशन बाट  फेरी दिपक कुमार कार्की अध्यक्षमा चयन हुनुभएको  छ ।  बिहिबार भएको अधिवेशनले एक कार्यकाल पुरानै समिति तथा उप समितिलाई निरन्तरता दिने सर्व सम्मत निर्णय भएको हो । 
समितिमा भिष्मराज श्रेष्ठ उपाध्यक्ष, अर्जुनकुमार दहाल सचिव, इन्द्र बहादुर भुजेल कोषाध्यक्ष, भिमप्रकाश श्रेष्ठ, वृष बहादुर श्रेष्ठ र पुष्पराज श्रेष्ठ सदस्यमै दाहोरिनु भएको हो । यस्तै लेखा समितिमा पनि नवराज कोइराला संयोजक, माधव देवकोटा र निर्मल रम्तेल रहेको समितिलाई नै निरन्तरता दिइएको छ । विज्ञापन उपसमितीमा मित्र बहादुर थापा संयोजक, घन बहादुर भुजेल (रमेश) र पदम श्रेष्ठ सदस्यमै कायम हुनुभएको छ । 
संस्थाका अध्यक्ष दिपक कुमार कार्कीको अध्यक्षता तथा सिन्धुली क्षेत्र नं. २ का सांसद हरिबोल प्रसाद गजुरेलको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको थियो । कार्यक्रममा सचिव अर्जुन कुमार दहालले प्रगती प्रतिवेदन र कोषाध्यक्ष इन्द्र बहादुर भुजेलले लेखापरिक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । 
 वार्षिक साधारण सभा तथा अधिवेशनले संस्थाद्धारा सञ्चालित रेडियो शिद्धबाबाको प्रशारण पहुँचलाई अझ मजबुद बनाउन सञ्चालक समिति, उपसमिति तथा सेयर सदस्य, व्यवस्थापकहरुबाट उल्लेखनिय भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाइएको छ । 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

नेविसंघको स्थापना दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, बैशाख ६, २०८१ बिहिबार । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेसको भ्रातृ

RadioSiddhababa

मरिण गाउँपालिकामा संचालित महिलालाई लक्षित स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिए 

  सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिएका छन् । मरिण

RadioSiddhababa

सिन्धुलीको मरिण गाउँपालिका ५ घाटामा आगलागि हुँदा एक घर जलेर नष्ट

  सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिका ५ घाटामा मंगलबार आगलागि हुँदा एक घर जलेर नष्ट भएको छ । स्थानीय उत्तम माझीको घरमा