नेतृत्वकर्तामा पुरानै सोच तथा विचारको हावि छ ः गजुरेल

RadioSiddhababa

 


असोज १७, सिन्धुली – नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सिन्धुली क्षेत्र नं. २ का सांसद हरिवोल गजुरेलले पार्टी नयाँ, संविधान नयाँ भएता पनि नेताहरु पुरातन सोच, विचारबाट नयाँ विचारधारमा रुपान्तरण हुन नसक्दा देशले नयाँ गति लिन नसकेको  बताउनु भएको छ । जनताको अपेक्षा नयाँ भएको तर नेतृत्वकर्तामा पुरानै सोच तथा विचारको हावि भएकाले सुखि नेपाली, समृद्ध नेपालको लक्षयमा पुग्न केही समय लाग्ने उहाँले बताउनु भयो ।
टे«ड युनियन महासङ्घको ७३ औँ स्थापना दिवसमा को अवसरमा सिन्धुलीमाडीमा भएको कार्यक्रममा गजुरेलले  क्रियाकलाप पुरानै तरिकाले गरेर जनताको नयाँ आवश्यकताहरु पुरा गर्न नसक्ने भन्दै संघ,प्रदेश र स्थानीय तह,कर्मचारी,राजनितीक दल, लगाएत नागरीक समाज सबैलाई नयाँ तरिकाले काम गर्न सुझाव दिनुभयो । देश नयाँ संरचनामा गएकाले सरकारी कार्यालय, कर्मचारी,गैरसरकारी सँघ संस्था लगाएत सबै क्षेत्रको व्यवस्थापन तथा संचालनमा हाल समस्या देखिएको भएता पनि अवको तिन बर्ष भित्र हरेक समस्याहरुको समाधान गदै देश विकासमा आमुल परिवर्तन आउने गजुरेलको भनाई छ ।
 अव छिटै नै संघिय, प्रदेश र स्थानीय तहको कार्य विभाजन गरी निती र विधान अनुरुप हरेक क्षेत्रमा भएका समस्याहरुको समाधान गरिदै जाने उहाँले बताउनु भयो । आफ्नो स्वार्थ भन्दा माथि उठेर सबैले आ–आफ्नो क्षेत्रबाट सकृय रुपमा जिम्मेवार वहन गर्नुका साथै कर्तव्यको पालना गर्ने हो भने सुखि नेपाली,समृद्धि नेपालको परिकल्पना चाडै नै पुरा हुने गजुरेलले बताउनु भयो । पाँच बर्षको कार्यकाल भित्र कुनै पनि अवस्थामा सुखि नेपाली समृद्ध नेपाल बनाएरै बामगठबन्धनको सरकार सफल हुने बताउँदै कार्यकर्ता तथा जनतालाई निरासा नहुन समेत गजुरेलले आश्वासन दिनुभयो ।

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी