चट्टयाङबाट पावर ट्रान्सफर्मर जल्दा सिन्धुलीका आधा स्थानिय तह अन्धकार

RadioSiddhababa

बुद्ध नेपाली, सिन्धुली, चैत्र ३० – सिन्धुलीमा शुक्रवार दिउसो आएको वर्षासँगैको चट्टयाङबाट नेपाल विद्युत प्राधिकरण सिन्धुली सवस्टेशनमा जडान रहेको एक थान पावर ट्रान्सफर्मर जलेको छ । चट्टयाङबाट सवस्टेशनमा जडान रहेको  २ थान ३३÷११ के.भि. १.५ एम.भि.ए. पावर ट्रान्सफरमर मध्ये १ थान पावर ट्रान्सफर्मर जलेको हो । 


पावर ट्रान्सफर्मर जल्दा जिल्लाका तिनपाटन गाउपालिका, मरिण गाउपालिका, सुनकोशि गाउपालिका र कमलामाई नगरपालिकाका केहि क्षेत्रहरुमा विधुत आपुर्ति वन्द भएको नेपाल विद्युत प्राधिकरण सिन्धुली वितरण केन्द्रले जनाएको छ । केन्द्रका अनुसार अहिले वाकि १ थान १.५ एम.भि.ए को पावर ट्रान्सफर्मर वाट सिन्धुलीमाढी वजार र आसपासका क्षेत्रहरमा मात्र विद्युत आपुर्ति भइरहेको छ । 


सिन्धुली सवस्टेशजमा आयोजना द्वारा जडान भैसकेको नयाँ  ६÷८ एम.भि.ए को  पावर ट्रान्सफर्मर केहि ष्लतभचलब िधष्चष्लन र कन्ट्रोल प्यानल जडान कार्य भइरहेको छ । करिव १५ दिन भित्र उतm ट्रानसफर्मर चालु हुने आयोजना वाट जानकारी प्राप्त भएको  सिन्धुली सवस्टेशनका इलेक्ट्रीकल सुपरभाइजर लाल बहादुर मोक्तानले जानकारी दिनुभयो । 


उतm पावर ट्रान्सफर्मर चालु नहुनजेल सम्म को लागि १ थान १.५ एम.भि.ए को पावर ट्रान्सफर्मर वाट सवै स्थानहरुमा पालैपालो विधुत आपुर्ति हुने व्यवस्था मिलाईएको इलेक्ट्रीकल सुपरभाइजर मोक्तानले जानकारी बताउनुभयो । लोडसेडिङ मुक्त रहेको सिन्धुलीमा चट्टयाङबाट पावर ट्रान्सफर्मर जलेसगैं लोडसेडिङ हुने भएको छ । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

सिन्धुलीमा विमानस्थल निर्माण हुने

सिन्धुली–सिन्धुलीमा आन्तरिक विमानस्थल निर्माण हुने भएको छ । कमलामाई नगरपालिका ८–सिस्नेरीमा विमानस्थल निर्माण गर्ने कार्य अगाडि बढेको हो ।

RadioSiddhababa

सिन्धुलीको श्रेष्ठ ट्रेडर्सबाट लिन सकिन्छ टिभिएस अपाचे आरटिआर २०० ४ भि एवीएस विथ स्मार्ट बाईक

सिन्धुली–विश्व प्रसिद्ध टिभिएस मोटर कम्पनीले विश्वकै उत्कृष्ट मोडल टिभिएस अपाचे आरटिआर २०० ४ भि एबिएस स्मार्ट नयाँ बाइकलाई नेपाल स्थित उक्त

RadioSiddhababa

सिन्धुलीका एक हजार वाट सम्मका रेडियो दर्ता तथा नवीकरण हेटौँडामा

सिन्धुली–एफएम रेडियो,टेलिभिजन र अनलाइन दर्ता तथा नवीकरण बागमती प्रदेश सरकारको हेटौँडा स्थित सञ्चार रजिष्ट्रार कार्यालयमा गर्नुपर्ने भएको छ । एक