बुधबार हरितालिका तीज 

RadioSiddhababa

 

 भदौ २७, सिन्धुली – नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज बुधबार सिन्धुली सहित देशभर धुमधामका साथ मनाइँदैछ । प्रत्येक वर्षको भाद्र शुक्ल तृतीयाका दिन तीजको व्रत बसी विभिन्न सांस्कृतिक कार्यक्रम सहित यो पर्व मनाउने गरिन्छ ।

तीजको व्रत बसी महिलाहरूले पतिको निमित्त निराहार रहेर भगवान शिव तथा आद्य शक्ति पार्वतीसँग प्रार्थना गर्दछन् । यस महिला बिहान सबेरै उठी नुहाइधुवाइ गरेर दिनभर जल, अन्न ग्रहण नगरी ब्रत बस्ने र साँझ पूजाका सामान तथा मण्डप तयार गरी भगवान शिवको आराधना गर्ने प्रचलन रहेको छ । 
प्रचलित धार्मिक कथन अनुसार हिमालयकी पुत्री पार्वतीले आफ्ना पति भगवान शिवको स्वास्थ्य तथा शरीरमा कुनै बाधा उत्पन्न नहोस् भनेर पहिलो ब्रत राखेकामा उक्त दिन यही हरितालिका तीजको दिन रहेको थियो । तीज पर्व दिदीबहिनीबीच सुख, दुःख साट्ने र केही दिन भए पनि गीत गाउँदै र नाच्दै आफ्ना दुःख पीडा र व्यस्तता भुल्ने पर्व हो । 


 भाद्र शुक्ल द्वितीया देखि सुरु भएको तीज भाद्र शुक्ल पञ्चमीका दिन सप्त ऋषिको पूजा गरी सम्पन्न भएको मानिन्छ । तीजको अघिल्लो दिन अर्थात द्वितीया तिथिमा दरखाने र त्यसको भोलिपल्ट ब्रत बसी तीज मनाउने प्रचलन रही आएको छ । भगवान शिवको आराधना गर्दै नाचगान मनोरञ्जन गरी दिदीबहिनी बोलाएर आफ्ना दुःख, सुख साट्ने महत्वपूर्ण चाड तीज नेपाली महिलाको आफ्नै मौलिक संस्कृति हो ।
तर, पछिल्ला समयमा भने यो संस्कृति तडकभडकको प्रभावका कारण यसको वास्तविक मौलिकता हराउँदै जाने हो की भन्ने चिन्तासमेत थपिएको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा