कालापानीको लेख तथा समाचार प्रति माक्र्सवादीको ध्यानाकर्षण

RadioSiddhababa

 

भदौ २६, सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीले केही दिन अघि प्रकाशित कालापानीको लेख तथा समाचार प्रति ध्यानाकर्षण भएको जनाएको छ । एक राष्टिय पत्रिकामा कालापानी भारतलाई बुझाउन प्रपञ्च शिर्षक को लेख र नापीको नक्सामै लिम्पियाधुरा गायब शिर्षक को समाचार प्रति माक्र्सवादी को ध्यानाकर्षण भएको मङ्गलबार सिन्धुलीमाढीमा एक विज्ञप्ती जारी गरी जनाइएको छ । 
कुटनितिक एवंम राजदुतहरु प्रधुम्न विक्रम शाह र दिपकुमार उपाध्यायको गिभ एण्ड टेकको निती अवलम्बन गरी कालापानी र सुस्ता भारतलार्य दिनुपर्छ । कालापानी र सुस्ताको समस्यालाई सधै जेलेर राख्न नहुने यसका लागी राष्ट्रिय बहस र सहमतिबाट लेनदेन गरी भारतलाई दिनुपर्छ भनि सार्वजनिक रुपमा बोल्नु राष्ट्रहित विपरित राष्ट्रघाती कदम भएको विज्ञप्तीमा उल्लेख गरिएको छ  ।
 विज्ञप्तीमा जुनसुकै बेला जोसुकै ले बोलेको वा गरेको भएपनि यस्ता राष्ट्रघाती गतिविधिको नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी घोर विरोध गर्दछ भनिएको छ । यदि कम्युनिष्ट नामधारी ओली नेतृत्वको वर्तमान सरकार राष्ट्र राष्ट्रियता र राष्ट्रिय अखण्डता प्रति इमान्दार छ भने यस्ता अराष्ट्रिय तत्वलाई तुरुन्त कारबाहीको दायरामा ल्याउन सकोस भनि विज्ञप्तीमा जनाइएको छ । 
महासचिव योगन्द्र पराजुलीबाट हस्ताक्षरित विज्ञप्तीमा सरकारले परनिर्भरताको आधारमा आफ्नो शासन सत्ता टिकाउन देशिय सामन्तवाद वैदेशिक साम्राज्यवाद तथा एकाधिकार पुजिँवाद परस्त निती मात्र अवलम्वन गरिरहेको छ भनिएको छ  । 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी