तिजलाई मौलिक संस्कृती सँग जोडौ

RadioSiddhababa

देविका मगर – हरितालिका तिज आउन २ दिन बाँकी  थियो । बिहानको समय भएको कारण म ओछ्यानमा पल्टिएर रेडियो सुनिरहेकी थिए । रेडियोमा  बिहानीमय प्रस्तुती बजिरहेथ्यो । गितहरु पनि उस्तै सुनिदै थियो । बाबाको आगनिमा नाचिन्छ छमछम ।
रेडियोमा अब भाग्य फलको पालो आयो ।सुरुमा बज्यो मेष राशि, मेष राशि हुदै मिन राशिमा पुग्यो र राशिफलको समय पनि सकियो । करिब बिहानको ८ जति बजेको हुदो हो,  म खाना खान थाले र सधै झै बिहानै अफिस हिडेँ । 
बाटोमा एक्लै हिडेर लगभग अफिस पुग्न २५ मिनेट जति लाग्थ्यो । हिड्दै गर्दा मनमा कुरा आयो ,साचि त तिज आउन अब ६ दिन बाकि छ ।त्यो भन्दा पनि हाम्रो अफिसले पनि तिज बिशेष कार्यक्रम आयोजना गरेको छ मनमनै सोच,े मेरो त सारी पनि राम्रो छैन भोली सबै राम्री भएर आउछन् ,त्यहाँ सब भन्दा लो क्वालीटिको त म मात्रै देखिन्छु होला यस्तै सोच्यो मनले  । फेरी आदर्श मनले सोच्यो आफुसंग जे छ त्यसैमा सन्तुष्ट हुनुपर्छ ।त्यहि कुरा फाईनल भयो । दुईजोर चुरा किने ,एक जोर झुम्का किने अनि सारी एक दिन लागाउने त हो भनेर भाउजु संग सापटि मागे यस्पालीको तिज कार्यक्रम यति मै सिध्याउने सोच बनाए । 
हाम्रो अफिसको कार्यक्रम आउन एक दिन मात्र बाकीँ थियो । तिज भने पछि औधि रमाईलो लाग्ने मलाई यसपाली खासै रमाईलो लागिरहेको थिएन । मनमा एक किसिमको बेचैन बढ्दै थियो ।यस्तैमा अफिस पुगे ।अफिसमा ३ जना स्टाफहरु मात्र थिए, कसैको आउने बेला भएको थिएन त कसैेको जाने बेला भएको थियो ।थोरैकाम सकेर म रिसेपसनमा गएर बसे । किन हो बिहानै देखि टाउको भारि भैरहेको थियो, एकछिन टोलाउदै थिए, यतिकैमा फोनको घण्टि बज्यो ,फोन हेरे आमाको रैछ । मेरी आमा जसलाई फोन उठाउन समेत आउदैनथियो अहिले आफै फोन लगाएर कुरा गर्नुहुन्छ । फोन उठाए ः—हजुर 
उताबाट आवाज आयो ः–नानी तिमीलाई कस्तो छ ? 
मैले भने ः–ठिक छु ,बरु तपाईलाई कस्तो  छ? अस्ति घुडाँ दुखेको छ भन्नुभाथ्यो ठिक भयो त? 
आमा बोल्नु भो ः–अँ ठिक छ अस्ति भन्दा अलि कम भाको छ । अनि तिजमा घर आउदिनौ ? छुट्टि मिल्दैन होला है 
मैले भने ः–उम ,आमा म दशैमा आउछु नि तिजमा आउदिन ह,ै अनि गाउँघर तिरको खबर चै के छ नि ?
आमा ः–ल ल  नानी आफ्नो ख्याल राख अरु त ठिकै छ । 
आमालाई कति चिन्ता हुन्छ आफ्नो सन्तानको ,म ः–ल ल आमै चिन्ता नगर दशैमा आउछु ।
आमा ः–अनि सुनन ,त्यो माथिको दाई थियो नि गोकर्ण ,
आमा अलि अकमकिनु भो 
म ः–अ अनि त्यो दाई के भयो र ?
आमा ः–लामो सुस्केरा हाल्दै बोल्नु भो हिजो साझँ बितेछ ,कठै त्यसका श्रीमति के भई होली १० महिनाको सानो बच्चाको बिजोग हुने भो ।
म ः–कसरी त्यस्तो भएछ त बुझ्नु भएन ?श्रीमान श्रीमति बीच झगडा भएर पो हो कि ?
आमा ः–खै ओल्लो घर पल्लो घरकाले भनेको तेस्तो झगडा त भएको थिएन रे बिचरी ती लता बेहास छिन रे  
म ः– ए  ल ल आमा धेरै चिन्ता नगर्नु, अहिले काम पर्याे पछि फोन गर्छु ,राखे है 
फोन कट गरे  । 
मनमा बेहेरी चल्न लाग्यो बिचरा ती दाजै यस्तो जवानी मै किन यस्तो काम गरे होला आखिर त्यस्तो समस्या के थियो होला त ? जस्को समाधान मृत्यु नै रोज्नु पर्ने  ।
बाबु सानैमा बिते, आमा अलि सोझी खालको थिईन् ,श्रीमति आफैले मन परेर बिबाह गरेका थिए ,अझ भनौ मायाको नतिजा छोरी जन्मिएको थियो त्यो भन्दा अरु खुसि के चाहिएको थियो । बिचरी ती आमा ,कलिलै उमेरकी श्रीमति अनि सानि छोरी सबैको जिम्मेबारी उसैको काधमा थियो । कठै ती परिवारले अब कसरी चित्त बुझाउलान् ।
मेरो मन एकतमास भैरह्यो आखिर के कारण रहेछ त, एकदम बुझ्न मन लाग्यो ।अर्काे चोटी बुबालाई फोन गरे ।बुबा उहि दाईको घरमा दाईको सब उठाउन जानु भएको रहेछ । 
बुबाले कुरा सुनाउन सुरु गर्नु भो ः–दशै, तिहार , तिज , औसि जस्ता चाडँ वर्प आउदा उसलाई पिडाले पिरोल्दो रहेछ ,गरिब परिवार बाहिर कमाउन जाउँ भन्दा घरमा रेखदेख गर्ने मान्छे छैन नजाउ भन्दा आफ्नो परिवारको आबश्यकता पुरा गर्न सकिदैन , मलाई यस्तो चाहियो उस्तो चाहियो पनि भन्दिन बिचरी मेरी बुढि,म  बुझ्छु उस्लाई पनि अरुले जस्तै लगाउने मन छ, खाने मन छ ,घुम्ने मन छ,तर म  गरिब छु केहि दिन सकेको छैन  । दशै आयो नयाँ लुगा किनिदिन सक्ने सामथ्र्य छैन ,तिहार आयो दाजुभाईको लागि मिठोमसिनो सामान  किन्न पैसा हुदैन अब तिज आयो सबैको दाजुभाई चेलिबेटि लिन जान्छन्, सबै खुसि हुदै महंगो सारी महंगो गरगहना लागाएर हिड्छन् तिज आउनु भन्दा अगाडि नै दर खाने भनेर हिड्छन् बिचरी मेरि बुढी मेलापात र घाँस दाउरा गर्नमै ब्यस्त छ ।  कहिले राम्रो लगाएर हिड्न पाईन कहिले खुसि राख्न सकिन लोग्ने हुनुमा धिक्कार छ मलाई यसरी  
केहि दिन अगाडि दुखेसो पोख्दै थियो म संग,  हिजो बेलुका उ र म संगै गाउँ घुमेर आको बिहान यस्तो खबर आयो बिचरा गोकर्ण परिवारको चिन्तैले मृत्यूको मुखमा पुग्यो । 
कुरा सुने दुई हात टाउकोमा राखेर थचक्क बसौ झै भयो मन गह्रौ भयो अनि मनमनै प्रश्न गरे   यो तीजलाई फड्किलो तरिकाले मनाउन कस्ले सिकायो होला ? भई नभई देखाउन कै लागि पनि महंगा सामानहरु किन्न कस्ले लगायो होला ? प्रतिस्पर्धा गर्न कस्ले सिकायो होला ? यदि यो सब नहुदो हो त गोकर्ण दाजुले मृत्युको बाटो रोज्दैन थिए होला एक दिन जस्तो छ त्यस्तै मिठोमसिनो खाएर लता भाउजु पनि माईति जान्थिन् होली, भाईहरु लिन आउथे होला भान्जि बोकेर उकालो लाग्थे होला अनि गाउँघरका साथिसंगि संग एकदिन दुख कष्ट बिर्सिएर रमाएर नाच्थिन् होला ,गाउथिन् होला तर यो चाड पर्वको नाममा बिकृति भित्रीएको कारण बिचरी लता भाउजु बिधवा बन्न बाध्य भईन् ती सानी नानी टुहुरी भईन् एउटा आमाको कोख रित्तियो साहार बिहिन भयो यो सब पर्वको नाममा आएको बिकृतीको कारणले  हो ।     

 
   

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बाबुको मुख हेर्ने दिन 

  देबिका मगर, सिन्धुली माता तिर्थ औशीको दिन फुपुहरु आमाको मुख हेर्न भनेर आउनु हुन्थ्यो । झोलामा अनेक सामानहरु लिएर आउनुहुन्थ्यो  । मिठा मिठा खाने

RadioSiddhababa

‘सरकार छ,न्याय छैनन्’–किशोरी स्वस्तिका

सिन्धुली –मेरो अधिकार छ । तर कहाँ छ ? म एउटा छोरी मान्छे,म किन सुरक्षित छैन् ? म कुन ठाउँमा सुरक्षित छु भन्ने मलाई थाहा छैनन् । हजारौं सपना छन् । तर मेलै

RadioSiddhababa

बालिका हिंसा न्युनिकरणको लागि जुटौँ

 सिन्धुली–अक्टुबर ११ तारिख बालिका दिवस, यस बर्षको नारा मेरो आवाज हाम्रो समान भबिष्य भन्ने रहेको थियो ।  समय र प्राविधिको परिवर्तन संगै बर्तमान