आईतबार कुशे औंशी र बुबाको मुख हेर्ने दिन

RadioSiddhababa


भदौ २४, सिन्धुली – हिन्दू धर्माबलम्बीहरुले आईतबार सिन्धुलीमा पनि कुशे औसी अर्थात बुबाको मुख हेर्ने दिनलाई विशेष  रुपमा मनाउदै छन् ।  कुशे औंशीका दिन घरघरमा कुश भित्र्याइने गरिएको छ ।
 कुशे औशीमा राखिएको कुश वर्ष भरि विधि गर्न हुने, अरु औशीका दिन राखिए एक महिनासम्म र अरु समयमा ल्याएको कुश एक दिनमात्र प्रयोग गर्न सकिने धार्मिक मान्यता छ ।  कुशे औशीका दिन बुबाको मुख पनि हेरिन्छ । छोराछोरीहरुले आफ्ना बाबुलाई मिष्ठान्न भोजन गराउन र उपहार दिने गर्दछन् । त्यसपछि बुबाबाट छोराछोरीले आशिर्वाद ग्रहण गर्ने परम्परा छ । बुबा दिवंगत भइसकेका छोराछोरीहरुले भने आफ्ना पुरोहित वा कुनै ब्राह्मणलाई दिवंगत बुबाको नाममा सिदा दान गर्दछन् । मानिसले जन्म लिए पछि पितृ ऋण, ऋषि ऋण र देव ऋणबाट मुक्त हुनु पर्दछ भन्ने शास्त्रीय मान्यता छ ।  

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा