कर नलिन माक्र्सवादी सिन्धुलीको स्थानिय सरकार सँग माग

RadioSiddhababa

 

भदौ १९, सिन्धुली – नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादीले सिन्धुलीले पशुपालन लगाएत कृषि जन्य उत्पादित वस्तु माथि कर नउठाउन जिल्लाका सबै स्थानिय सरकार सँग माग गरेको छ । 
 राज्यले कर लिनु र जनताले कर तिर्नु आ आफ्ना दायित्व भित्र पर्ने भए पनि नेपाल कृषि प्रधान मुलुक भएको र मुख्य उत्पादन क्षेत्र जमिन रहेको हुँदा त्यस बाट उत्पादित बस्तु माथि कर लिन नहुने माक्सवादीले निष्कर्ष निकालेको हो । सिन्धुलीमाडीमा जिल्ला अध्यक्ष पर्शुराम प्याकुरेल र महासचिव योगेन्द्र पराजुलीको प्रमुख आतिथ्यतामा दिन सम्म चलेको बैठकको निर्णय मङ्गलबार सार्वजनिक गर्दै माक्सावादीले  जन्म, मृत्यु, विवाह, नाता प्रमाणित, सम्बन्ध विच्छेद, नागरिकता र बसाईसराई जस्ता घटना दर्ताको शिफारिस बापत लिईने कर र घर जग्गा सम्बन्धि कारोबार गर्नु पर्दा क्रण्ी सँग घर बाटो प्रमाणित गरेबापत स्थानिय तहले लिने गरेको कर प्रति पनि विरोध जनाएको छ ।
 बैठकले  उल्लेखित शिर्षकहरुमा कर नलिन स्थानिय सरकारलाई लिखित सुझाव दिने पनि निर्णय गरेको छ । जनताले आफ्नो सम्पति घर, जगा खरिद बिक्री गर्दा केही समय अगाडी देखी राज्यले लिदै आएको पास पारित बापत दोहारो कर ( दस्तुर ंं) लिने गरेकाले ऋणी तर्फ लाग्ने दस्तुर लिन नहुने र धनि तर्फ पनि जमिन को गुणस्तरको यथार्थ मूल्याङ्कन को आधारमा मात्र लिनु पर्ने सम्बन्धित निकाय समक्ष माग गर्दै देशका बिभिन्न ठाउँहरुमा बढ्दै गएका हत्या हिंसा, बलत्कार महंगी, तस्करी कालाबजारी र भ्रष्टचार जस्ता घटनामा दोषी दण्डीत हुनुपर्नेमा राजनितिक आस्थाका आधारमा र प्रशासनिक आवरणमा संरिक्षत भएको महशुस भएको पनि उल्लेख गरिएको छ । 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी