कमलामाई ४ भित्रका सार्वजनिक स्थल सरसफाई गरिने

RadioSiddhababa


भदौ ३, सिन्धुली – सिन्धुलीको कमलामाई नगरपालिका वडा नम्वर ४ ले आफ्नो वडाको विभिन्न बजार क्षेत्र, टोल बस्ती, सडक, नाला देखि देवी देवालय लगायतका सार्वजनिक स्थलको सरसफाई गर्ने भएको छ । 
आईतबार वडा अध्यक्ष महेन्द्र प्रसाद ढकालको अध्यक्षतामा बसेको सरोकारवालाहरुको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यही भदौ ८ गते ढुंग्रेवास मूल सडक, १५ गते कुडुले, १६ गते देउराली, २३ गते विपीनगर आदर्श टोल र नयाँ वस्ती, ३० गते मिलन चोक, असोज ५ गते सांगबाले, ६ गते खट्टार,  १३ गते मल्लगाँऊ, दोभान्टार र देउरालीमा सरसफाई गर्ने निर्णय गरेको छ । 
सरसफाई कार्यक्रमको संयोजकत्व स्थानिय टोल विकास संस्थाका अध्यक्षले गर्ने पनि निर्णय भएको छ । 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

विद्यालयमा सहयोग कार्य हस्तान्तरण तथा समिक्षा कार्यक्रम गोलन्जोर गाउँपालिकाको जनता मावि मा सम्पन्न

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ५ स्थित जनता माध्यमिक विद्यालय खनियाखर्कमा विद्यालयमा सहयोग कार्य

RadioSiddhababa

सिन्धुलीमा भरुवा बन्दुक सहित एकजना प्रहरीको नियन्त्रणमा

  सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीमा भरुवा बन्दुक सहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका ८ बाधठेडा जंगल बाट

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकैदिन ३ वटा मन्दिर र एउटा मन्दिरको गेट शिलान्यास

सिन्धुली, बैशाख ११, २०८१ मंगलबार । सिन्धुलीको गोलन्जोर गाउँपालिकामा एकैदिन ३ वटा मन्दिर र एउटा मन्दिरको गेट शिलान्यास गरिएको छ । १७ औं विजय कुमार