राष्ट्रिय सूचना दिबसका अबसरमा सिन्धुलीमा अन्तरक्रिया

RadioSiddhababa


कमल सरला सुनुवार, भदौ ३, सिन्धुली – राष्ट्रिय सूचना दिबसका अबसरमा आईतवार सिन्धुलीमा अन्तरक्रिया कार्यक्रम गरिएको छ । नेपाल पत्रकार माहासंघ सिन्धुली, गैरसरकारी संस्था माहासंघ सिन्धुलीको समन्वय र सहभागितामा अन्तरक्रिया भएको हो । 
सूचनाको हक सम्बन्धि ऐन लागु भएको ११ बर्ष पुगेको उपलक्ष्यमा छलफल कार्यक्रम गरी सूचना अनिबार्य सार्बजनिक गर्नु पर्नेमा सरकारी पक्षलाई कार्यक्रम मार्फत ध्यान ध्यानार्कषण गराएको छ । सूचनाको हक सम्बन्धि ऐन २०६३ को दफा ५ को ३ मा सार्बजनिक निकायले सो निकाय संग सम्बन्धित २० ओटा सूचना सूचिकृत गरी हरेक तिन तिन महिना प्रकासन गर्नु पर्ने कानूनी ब्यबस्था छ । तर सरकारी निकायले त्यसो नगरेकोले सूचनाको हकको सवालमा राज्य जिम्मेवारी र जवाफदेही हुनु पर्ने बिषयमा छलफल केन्द्रित भएको थियो । 
कार्यक्रममा हरेक तिन महिनामा सबै संघसंस्थाले आफुले पनि सूचना सार्बजनिक गर्ने र सरकारी पक्षलाई हरेक ३ महिना २० ओटा सूचना सार्बजनिक गर्न लगाउने समेत प्रतिवद्धता जनाएका छन् ।
 हुडाडेक नेपाल दोलखा द्धरा सञ्चालित पारस्पारिक जवाफदेहिता परियोजना सिन्धुलीको आयोजनामा कार्यक्रम गरिएको हो 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला

RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर