सिन्धुली जिल्ला अस्पताल परिसरमा संघसंस्थाका एम्बुलेन्स राखी सञ्चालन गर्न नपाइने 

RadioSiddhababa



कमल सरला सुनुवार, भदौ २, सिन्धुली – सिन्धुली जिल्ला अस्पताल परिसर भित्र अब देखि विभिन्न संघ संस्थाका एम्बुलेन्स राखी सञ्चालन गर्न नपाइने भएको छ । एम्बुलेन्स सेवा समिति सिन्धुलीबाट सिफारिस भई जिल्लाका बिभिन्न संघसंस्था तथा प्रतिष्ठानहरु बाट सञ्चालन भएका एम्बुलेन्स अब जिल्ला अस्पताल सिन्धुली परिसर भित्र राख्ने नपाईने भएको हो । 
गत साउन ३० गते एम्बुलेन्स सेवा संचालन सिफारिस समितिका संयोजक एबंम कामु प्रमुख जिल्ला अधिकारी ज्ञान प्रसाद ढकालको संम्योजत्वको बसेको बैठकले जिल्ला अस्पताल सिन्धुुलीको एम्बुलेस सेवा भन्दा बाहेक अन्य संघसंस्था तथा प्रतिष्ठानका  बाट सञ्चालित एम्बुलन्स  जिल्ला अस्पताल सिन्धुुलीको हाता भित्र राख्न रोक लगाएको हो । जिल्ला एम्बुलेन्स सञ्चालन सेवा निर्देशिका २०७३ बमोजिम प्राप्त स्थानबाट एम्बुलेस सेवा सञ्चालन नगरी बिपरित तरिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको पाइएकाले अब अनुमति लिएको स्थानबाट मात्र एम्बुलेन्स सेवा सञ्चालन गराउने निर्णय गरेको हो । यस निर्णयलाई अटेर गरी एम्बुलेन्स सञ्चालन गरे जुनसुकै समयमा एम्बुलेन्स सेवा सञ्चालन बन्द गर्ने समेत निर्णय भएको छ ।
 बैठकले जिल्ला एम्बुलेन्स अनुगमन उपसमितिले यस जिल्ला बाट अनुमति प्राप्त गरेको सबै एम्बुलेन्सहरु निर्धारित मापदण्ड अनुसार सञ्चालन भए नभएको समेत अनुगमन गर्ने निर्णय गरेको बताइएको छ । 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बृहत विद्यालय सुरक्षा कार्यढाचाँ सम्बन्धि ३ दिने तालीम सिन्धुलीमाढीमा सम्पन्न

सिन्धुली, बैशाख ८, २०८१ शनिबार । बृहत विद्यालय सुरक्षा कार्यढाचाँ सम्बन्धि ३ दिने तालीम सिन्धुलीमाढीमा शनिवार सम्पन्न भएको छ । बृहत विद्यालय

RadioSiddhababa

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  सिन्धुली, बैशाख ७, २०८१ शुक्रबार । अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी शैक्षिक सरोकारवालाहरुका लागि एक दिने

RadioSiddhababa

नेविसंघको स्थापना दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, बैशाख ६, २०८१ बिहिबार । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेसको भ्रातृ