सिन्धुलीका २५ विद्यालयमा सिप सुधार कार्यक्रम

RadioSiddhababa


देविका मगर, भदौ १, सिन्धुली – सिन्धुलीका २५ ओटा विद्यालयमा कक्षा १ देखि ३ सम्मका विद्यार्थीको  सिप सुधारको कार्यक्रम सञ्चालन गरिएको छ । जिल्लाको पुर्वी भेगका १५ र पश्चिम भेगका १० विद्यालय छनोट गरी काम गरिएको सिड्स नेपाल सिन्धुलीले जनाएको छ । 
 बालबिबाह अन्त्य गर्नको लागि ३ बर्ष देखि ८ बर्ष सम्मका बालबालिकाहरुको गुणस्तरिय, सुरक्षित र समाबेशी शिक्षणमा पहँुच पुर्याउने उद्धेश्यले वल्र्ड भिजनको सहयोगमा कार्यक्रम गरिएको बताइएको छ । सोही कार्यक्रम अन्तरगत २५ विद्यालयका ९९० बिद्यार्थीहरुले १ देखि ३ कक्षा सम्म कार्यमुलक साक्षरता प्राप्त गर्नेछन । यस्तै ५ हजार १ सय बिद्यार्थीहरुले कक्षा १ देखि १० सम्म बालमैत्री खानेपानी, सरसफाई तथा स्वच्छता सुबिधामा पहुच पाउनेछन् । यसैगरी ९९० बिद्यार्थीहरुले बालबालिकाहरुलाई घरमा उत्प्रेरणामुलक सिकाई बाताबरण उपलब्ध गराउनेछन् भने ४५ शिक्षकहरुले बालबालिकालाई बालकेन्द्रित शिक्षण सिकाई बिधि अबलम्बन गरि सिकाउनेछन् ।
 शुक्रबार सोही परियोजनाको बिषयमा सिन्धुलीमाडीमा छलफल पनि गरिएको छ ।  छलफल कार्यक्रममा ९ हजार ८ सय १६ पठन सामाग्रिहरु बालबालिकाहरुले प्रयोग गर्ने गरि काम गरिने पनि प्रतिबद्धता जनाएको छ ।  

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

कमलामाई नगरपालिका १ मा आगो निभाउने क्रममा एक वृद्धाको मृत्यु

  सिन्धुली, बैशाख १३, २०८० बिहिबार । सिन्धुलीमा आफैले लगाएको आगो निभाउने क्रममा जलेर एक बृद्घाको मृत्यु गएको छ । कमलामाइ नगरपालिका –१ खारखोला

RadioSiddhababa

कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

  सिन्धुली, बैशाख १२, २०८१ बुधबार । सिन्धुलीको कमलामाई नगरपालिका ५ स्थित कमला जनज्योति मावि सिलामेका अनाथ बालबालिकालाई लाई खाद्यान्न सहयोग

RadioSiddhababa

सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा आगलागी बाट स्थानीयको ४ वटा घरमा क्षती

सिन्धुली, बैशाख १२, २०८० बुधबार । सिन्धुलीको गोलन्जोर गाउँपालिका ६ मा सामुदायिक बनमा लागेको आगो फैलिदा स्थानीयको घरमा क्षती भएको छ । गोलन्जोर