सिन्धुलीमाडीमा सञ्चार माध्यमको भुमिका सम्बन्धि २ दिने तालिम आयोजना

RadioSiddhababa


देविका मगर, साउन ३१, सिन्धुली – सिन्धुलीमाडीमा जिल्लाका सञ्चारकर्मीहरुको लागि बिपद् जोखिम न्युनिकरणका सवालमा तालिम सञ्चालन गरिएको छ ।
 विपद् जोखिम न्यनिकरणका लागि  सन्चार माध्यमको भुमिका सम्बन्धि २ दिने तालिम सञ्चालन गरिएको हो । जोखिम बाट बच्नको लागि पुर्व तयारी अथवा पुर्व सुचना दिने काम सञ्चार माध्यमले गर्ने भएकाले दुई दिने तालिमको आयोजना गरिएको आयोजक सिड्स नेपाल सिन्धुलीले जनाएको छ । सञ्चार माध्यमले समयमै सूचना प्रवाह गर्दा बिपद् ब्यबस्थापन गर्न र जनधनको क्षति कम  गर्न सकिने भएकाले पत्रकार तथा सञ्चारकर्मीले महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्नेमा आयोजकले जोड दिएको छ । बिहिबार र शुक्रबार गरी २ दिन सञ्चालन हुने तालिमले पत्रकारहरको क्षमता अभिबुद्धि गर्ने आयोजकको अपेक्षा छ ।
 वल्र्ड भिजनको सहयोगमा सञ्चालित तालिममा नेपालमा  बिपद् जोखिमको अबस्थामा, पुर्वतयारी र सुरक्षाका उपायको बिषयमा बिहिबार छलफल भएको छ । यस्तै बिपद् ब्यबस्थापन गर्नको लागि सञ्चार माध्यमको भूमिका कस्तो रहन्छ ? सञ्चार माध्यमहरु कतिको सुरक्षित छन् ? बिपद्को अबस्थामा सञ्चार माध्यमहरु पुर्व तयारीमा छन् कि छैनन् ? र कसरी सुरक्षित हुन सकिन्छ भन्ने  बिषयमा पनि जानकारी गराइएको छ । 
राष्टिय समाचार समितिका रामसिंह बस्नेतले शहजीकरण गरिरहनु भएको तालिममा बिपद् जोखिम न्युनिकरण तथा ब्यबस्थापन ऐन २०७४ ,स्थानिय सरकार सन्चालन ऐन २०७४र बिपद्मा सन्चारको महत्व र आबश्यकता सम्बन्धि पनि छलफल हुनेछ ।  
नेपाल बहुबिपद्को जोखिमा २० औ स्थानमा पर्ने र  भुकम्पिय जोखिमका हिसावले १९८ मुलुक मध्ये ११ औ स्थानमा पर्दछ भने  पानी जन्य जोखिममा ३० औ स्थान पर्दछ । 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  सिन्धुली, बैशाख ७, २०८१ शुक्रबार । अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी शैक्षिक सरोकारवालाहरुका लागि एक दिने

RadioSiddhababa

नेविसंघको स्थापना दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, बैशाख ६, २०८१ बिहिबार । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेसको भ्रातृ

RadioSiddhababa

मरिण गाउँपालिकामा संचालित महिलालाई लक्षित स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिए 

  सिन्धुली, बैशाख ५, २०८१ बुधबार । सिन्धुलीको मरिण गाउँपालिकामा संचालित २ दिने निःशुल्क स्वास्थ्य शिविरमा ४ सय ९३ जनाले सेवा लिएका छन् । मरिण