प्रशिक्षकहरुको लागि प्रशिक्षण तालिम प्रदान

RadioSiddhababa



कमल सरला सुनुवार, साउन २९, सिन्धुली – सिन्धुलीमा दुई दिने प्राथमीक उपचार सम्बन्धि प्रशिक्षकहरुको लागि प्रशिक्षण तालिम दिइएको  छ ।  नेपाल डिजास्टर एन्ड एमरजेन्सी मेडिसियन सेन्टरले तालिम दिएको हो ।
 स्वास्थ्य सम्बन्धि आउने जुनकुनै समस्या तत्काल आई पर्दा  सामान्य प्रथामिक उपचार गरेर अस्पताल लैजाने बानीको विकास गर्न तालिम दिइएको आयोजकले जनाएको छ । प्राथमिक उपचार सँगै अस्पताल लैजाने  बानिको बिकास गर्न र एक घर एक प्राथामिक उपचार प्रशिक्षक उत्पादन गर्न तालिम आयोजना गरिएको नेपाल डिजास्टर एन्ड एमरजेन्सी मेडिसियन सेन्टरका जिल्ला संम्योजक दिपक कोइरालाले जानकारी दिनुभयो  । 
 अहिले सम्म ३ सय जनाले तालिम लिएको र एक बर्षमा दुई हजार जनालाई तालिम दिइने पनि कोइरालको छ ।  तालिमको टिचिङ हस्पिटलका इमरजेन्सी फिजिसियन डाक्टर रमेश कुमार मर्हजले सहजिकरण गर्नु भएको थियो । 
यस अघि सुनकोशी गाउँपालिकाको मझुवा, गोलन्जोर गाउँपालिकाको रतनचुरा, बाशेश्वर र तिनकन्याका ६०। ६० जनालाई तालिम दिईको थियो ।

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बृहत विद्यालय सुरक्षा कार्यढाचाँ सम्बन्धि ३ दिने तालीम सिन्धुलीमाढीमा सम्पन्न

सिन्धुली, बैशाख ८, २०८१ शनिबार । बृहत विद्यालय सुरक्षा कार्यढाचाँ सम्बन्धि ३ दिने तालीम सिन्धुलीमाढीमा शनिवार सम्पन्न भएको छ । बृहत विद्यालय

RadioSiddhababa

अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न

  सिन्धुली, बैशाख ७, २०८१ शुक्रबार । अनिवार्य तथा निःशुल्क शिक्षा घोषणा कार्यक्रम कार्यान्वयन सम्बन्धी शैक्षिक सरोकारवालाहरुका लागि एक दिने

RadioSiddhababa

नेविसंघको स्थापना दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, बैशाख ६, २०८१ बिहिबार । नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५५ औं स्थापना दिवस बिभिन्न कार्यक्रम गरि मनाइएको छ । नेपाली कांग्रेसको भ्रातृ