बीपी राजमार्गमा दुई दिनदेखि व्यवसायीको आन्दोलन

RadioSiddhababa

सिन्धुली, असार ३० – बीपी राजमार्गमा सवारी चलाउन पाउनुपर्ने माग राख्दै यातायात व्यवसायीले दुई दिन लगातार आन्दोलन गरेका छन् । ३२ सिट क्षमताका साना बस र १३ टनसम्म भारवहन क्षमताका मालवाहक  सवारी साधन चल्न पाउनु पर्ने माग राख्दै उनीहरुले शुक्रवार र शनिवार आन्दोलन गरेका हुन् । 

 

सिन्धुलीमाढी–खुर्कोट खण्डमा ३२ सिटका साना बस र १३ टनसम्म भारवहन क्षमताका मालवाहक  सवारी साधन चल्न पाउर्नुे माग राख्दै उनीहरुले रित्ता सवारी साधन शनिबार कमलामाई नगरपालिका–४ को बीपी राजमार्ग हिरापानी खण्डमा एकतर्फी तेर्साएर विरोध जनाएका छन्। व्यवसायीहरुले शुक्रवार कमलामाई नगरपालिका वडा नं. ६ शान्तीनगर चोक देखि वडा नं. ४ को ढुग्रेवास सम्म एकतर्फी सवारी साधन तेर्साएर विरोध जनाएका थिए । 

 

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले ३२ सिट क्षमताका बस र १६ टन क्षमताका मालवाहक साधन चल्न दिने निर्णय गरेपछि राजमार्गको भविष्य खतरामा पर्ने भन्दै अधिवक्ता कैलाशराज दाहालले सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए । 


सोही रिट निवेदनको सुनुवाई गर्दै गत जेठ २१ गते सर्वोच्चका न्यायाधीश सपनामल्ल प्रधानको एकल इजलाशले १० टन भारवहन क्षतमताको मालबाहक सवारी र १८ सिटसम्मको साना यात्रुवाहक साधन मात्र चल्न पाउने गरि अन्तरिम आदेश जारी गरेपछि ३२ सिटका साना बस र १३ टन क्षमताका सवारी साधन रोकिएका हुन् । 
सर्बोच्च अदालतमा पटक पटक पेशी सरेपछि बाध्य भएर आन्दोलनमा उत्रिएको ट्रक व्यवसायी संघका तारा दाहालले बताउनुभयो । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा