कमलामाई नगरपालिकाको न्यायिक समितिबाट १३ उजुरीको विवाद निरुपण

RadioSiddhababa

बुद्ध नेपाली, सिन्धुली, असार १८ । स्थानिय सरकार कार्यान्वयनमा आएपछिको १४ महिनामा सिन्धुलीको कमलामाई नगरपालिका नगर कार्यपालिकाको न्यायिक समितिले १३ वटा उजुरीहरुको विवाद निरुपण गरेको छ । आज सिन्धुलीमाढीमा पत्रकार भेटगाट कार्यक्रमको आयोजना गर्दै कमलामाई नगरपालिकाका उपप्रमुख तथा न्यायिक समितिका संयोजक मन्जु देवकोटाले न्यायिक समितिमा पर्न आएका कुल ४० वटा उजुरी मध्ये १३ वटा उजुरीको विवाद निरुपण भएको जानकारी गराउनुभएको हो ।

 

न्यायिक समितिमा परेका ३ वटा उजुरी भने विवाद समाधान हुन नसकेकाले अदालत पठाइएको संयोजक देवकोटाले जानकारी दिनुभयो । संयोजक देवकोटाका अनुसार ३ वटा उजुरीको भने तारिख गुज्रेको छ । 


न्यायिक समितिले लेनदेन सम्बन्धीको ३, हातपात गरी गाली गलौज गरेको १, जग्गाको साध सिमाना विवादको १७ वटा मध्ये ६ वटा उजुरीको विवाद निरुपण गरेको छ । जग्गा मिचि घर बनाएको २, चर्पी निर्माण कार्य रोक्का गरी पाउ भनी परेको १ वटा उजुरीको पनि विवाद निरुपण भएको संयोजक देवकोटाको भनाई छ । आफ्नो घर भोग चलन गर्न नपाएको १, जग्गा मिचि घर बनाएको १ र जग्गााको साध सिमाना विवाद १ गरी ३ वटा उजुरी न्यायिक समितिमा विवाद निरुपण हुन नसकेर अदालत पठाएको संयोजक देवकोटाले बताउनुभयो । 


१३ वटा उजुरीहरु मेलमिलापकै माध्यमबाट दुवै पक्षलाई जीत।जीतको महसुह गराई विवाद निरुपण गरेको संयोजक देवकोटाले बताउनुभयो । 
न्यायिक समितिमा परेका जग्गा साध सिमाना विवाद ११, बाटो खन्ने कार्य रोकी पाउ १, घर निर्माण कार्य गर्न नदिएको सम्बन्धमा १, जग्गा मिचि घर बनाएको १, घर जाने बाटो नदिएको १ र सार्वजनिक जग्गा मिचेको २ उजुरीको विवाद निरुपण हुन बाँकी रहेको छ ।

 

कोठा खालि गरि पाउ १, मन्दिर जोगाई पाउ १, घर निर्माण लागत रकम असुली गरि पाउ १, कामदारको ज्याला दिलाई पाउ १, निर्माणधिन घर रोक्का गरि पाउ २, विद्यालय जाने बाटो बन्द गरिएकोमा खुलाई पाउ १ र छानबिन गरि आवश्यक प्रक्रियालाई अगाडी बढाई पाउको १ उजुरीको विवाद निरुपण हुन बाँकी रहेको संयोजक देवकाटाले बताउनुभयो । 


न्यायिक समितिमा महिला हिंसा, घरेलु हिंसा लगाएतका उजुरीहरु कम पर्ने गरेको छ । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा