कनपा ८ मा दैनिक ५ टन बेमौसमी टमाटर उत्पादन 

RadioSiddhababa

बुद्ध नेपाली, असार ७, सिन्धुली  – कमलामाई नगरपालिका वडा नं. ८ मा कलम भट्टराईले व्यवसायीक बेमौसमी टमाटर खती गर्दै दैनिक ५ टन टमाटर उत्पादन गर्न सफल भएका छन् । ४३ बर्षिया भट्टराईले कमलामाई नगरपालिका वडा नं. ८ को माईस्थान, करकरे र हर्दिया गरी तिन ठाउँको ११ विघा जमिनमा बेमौसमी टमाटर खेती गरेर उक्त टमाटर फलाउन सफल भएका हुन । भट्टराईले बर्षमा दुई सिजन बेमौसमी टमाटर खेती गरेर मनग्य आम्दानी गरेका छन् । 


दैनिक १५ सय देखि २ हजार किलो टमाटर सिन्धुली सदरमुकाम मै विक्री गर्ने गरेको र बाँकी दुई सानो गाडी टमाटर लाबन्दी र ढल्केभरको बजारका व्यापारीहरुलाई विक्री गर्ने गरेको भट्टराईले बताए । 


भट्टराईले झापा देखि आएर सिन्धुलीमा व्यवसायीक बेमौसमी टमाटर खेती गरेका हुन । भट्टराईको घर झापा जिल्लाको सिरसत्तासी नगरपालिका वडा नं. ७ हो । अहिले टमाटर खेती गरिरहेको स्थानमा टमाटरलाई आवश्यक पर्ने हावा पानी भएकाले झापा देखि आएर जमिन भाडा लिई टमाटर खेती गर्न थालेको भट्टराईले बताए । “यहाँ टमाटरलाई आवश्यक पर्ने हावा पानी भएकाले ११ विघा जमिन भाडामा लिएर टर्नेल विना नै टमाटरै टमाटर लगाएको छु । दैनिक ५ टन टमाटर उत्पादन हुन्छ” भट्टराईले भने । 


केही समय अदुवाको व्यापार र कुखुरा पालन समते गरेका भट्टराइले व्यवसायीक रुपमा नै टमाटर खेती गर्ने इच्छा लागेकाले टमाटर खेती गरेको बताउछन । “टमाटर खेतीको अनुभव बटुलेको ५ वर्ष भयो, व्यवसायीक रुपमा गर्नुपर्छ आम्दानी त अरुमा पनि छ घिरौंला, लौका, रायो साग जे गरे पनि हुन्छ । तर मलाई विशेष टमाटर खेतीमा नै इच्छा भएकाले यँही गरे । भट्टराईले भने 


परिवारका सदस्य र केही कमदार लगाएर टमाटर खेती गरेको भट्टराईको भनाई छ । मेहनती भएर दिनभरी बारीमै रमाउने बारीमै खेल्ने गरेर टमाटर खेती गर्दा सफलता मिल्ने भट्टराईले बताए । 


खुल्ला जमिनमा विषादीको कमै मात्रमा प्रयोग गरेर आफुले अर्गानिक टमाटर उत्पादन गरेको भट्टराई दावी गर्छन् ।  कमलामाई नगरपालिकाले टमाटर खेतीको विकासका लागी एक लाख बराबरको पानी तान्ने मेसिन, पाईप लगाएतको सामागी अनुदानमा दिएको भट्टराईले बताए । 

टमाटर खेतीलाई अझै व्यवस्थित गर्न विरुवा उत्पादनका लागी हाईटेक नसरी गृह आवश्यक रहेको बताए । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको आम्दानी रकमको ५० प्रतिशत बिद्यार्थीहरुलाई बितरण

  सिन्धुली, मंसिर २२, २०७८ बुधबार । कल्पना भुजेल जनज्योती मा.वि. फोस्रेटारमा ब्यवसायीक उत्पादन अन्तर्गत “सिक्दै, कमाउदै र पढ्दै” कार्यक्रमको

RadioSiddhababa

१० औँ राष्ट्रिय कर दिवसको अवसरमा सिन्धुलीका निर्माण ब्यवसायी दिपक कुमार कार्की सम्मानित

सिन्धुली, मंसिर १, २०७८ बुधबार । संजिव मगर करदाता सेवा कार्यालय सिन्धुलीले आज १० औँ राष्ट्रिय कर दिवसको अवसरमा जिल्लाको निर्माण ब्यवसायी दिपक कुमार

RadioSiddhababa

राम्माडी स्थित सिन्धुली मिनिमार्केटको सांसद खड्का द्धारा उद्घाटन

सिन्धुली, असोज २३, २०७८ शनिबार । संजिव मगर सिन्धुलीको कमलामाई नगरपालिका ६ राम्माडी स्थित संचालनमा आउन लागेको सिन्धुली मिनिमार्केटको आज उद्घाटन