जनता आवास कार्यक्रम अन्तर्गत सिन्धुलीमा ६ वटा घर निर्माण 

RadioSiddhababa
जनता आवास कार्यक्रम अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिकाको मुसहरबस्तीमा निर्माण भएको घर

बुद्ध नेपाली, सिन्धुली, असार ५  – जनता आवास कार्यक्रम अन्तर्गत सिन्धुलीको दुधौली नगरपालिकाको मुसहरबस्तीमा ६ वटा घर निर्माण भएको छ । आवासविहीन सिमान्तकृत, दलित र विपन्न मुस्लिम समुुदायलाई बसोवासका लागि आवास उपलब्ध गराउने उद्देश्यसहित सञ्चालनमा ल्याइएको ‘जनता आवास कार्यक्रम’ अन्तर्गत दुधौली नगरपाली वडा नं. ९ को मुसहर बस्तीमा यस आर्थिक वर्षमा उक्त घरहरु निर्माण भएको हो । 


जनता आवास कार्यक्रम अन्तर्गत मुसहरबस्तीका विल्टु सदा, सनिया मुसहर, रितलाल सदा, रमनी सदा, डब्कु सदा र रामबृद्ध सदाको घर निर्माण भएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुलीले जनाएको छ । 


जनता आवास कार्यक्रम समन्वयन समिति सिन्धुलीले दुधौली नगरपालिका वडा नं. ९ को मुसहरबस्ती, कमलामाई नगरपालिका वडा नं. १ डाडी गुराँसेका हायू बस्ती र साविक बाशेश्वर गाविसको सार्की दलित बस्तीमा कार्यक्रम संचालनका लागी अध्ययन, अवलोकन गरेको थियो । 


जनता आवास कार्यक्रम कार्यान्वयन कार्यविधि २०७३ का आधारमा समितिले अध्ययन, अवलोकन गरेका तिन स्थान मध्ये दुधौली नगरपालिका वडा नं. ९ को मुसहरबस्तीमा अधिकाशं मुसहर, अति विपन्न, गाउँ बल्कमा बसोबास गरेका, फुसको छाना, माटा टाटीको घेरा बेरा र अव्यवस्थीत बसोबास क्षेत्र भएकाले मुसहर बस्तीलाई छनोट गरी घरहरु निर्माण गरिएको सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय सिन्धुलीका ईन्जिनियर दुर्गा प्रसाद घिमिरेले जानकारी दिनुभयो । 


दुधौली नगरपालिकाले सडक, खानेपानी र शौचालय व्यवस्थापन गर्ने,  विपन्न परिवारको १० प्रतिशत श्रमदान र सरकारको  ३ लाख ३२ हजार ५ सयका दरले ६ वटा घर निर्माण गरिएको ईन्जिनियर घिमिरेले बताउनुभयो । 


जनता आवास अन्तर्गत ५० वटा घरहरु निर्माणका लागी सिन्धुलीमा १ करोड २३ लाख रकम सरकारले विनियोजन गरेको छ । यस आर्थिक वर्षमा निर्माण गरिएको ६ वटा घर बाहेक अझै ४४ वटा घरहरु निर्माण गर्न बाँकी रहेका छन् । बाँकी घरहरु आगामी आर्थिक वर्षमा निर्माण गरिने इन्जिनियर घिमिरेले बताउनुभयो । 


 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा