प्रशासनले विराधे प्रदर्शन गर्न रोक लगाएको स्थानमा प्रधानमन्त्री केपी ओलीको पुत्ला दहन, 

RadioSiddhababa

बुद्ध नेपाली, सिन्धुली, जेष्ठ ३१ ।  सरकारले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको विरोधमा काग्रेस निकट नेपाल विद्यार्थी संघले बिहीवार अपराह्न सिन्धुलीमाढीमा प्रधानमन्त्री केपी ओलीको पुत्ला जलाएका छन् । 


पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन माग गर्दै नेवि संघ सिन्धुलीले प्रधानमन्त्री ओलीको पुत्ला जलाएका हुन् । नेपाली काग्रेस सिन्धुलीको पार्टी कार्यालयबाट प्रधानमन्त्री ओलीको पुत्ला बोकेर निस्केको विरोध ¥याली धुराबजार हुर्दै कमलामाई नगरपालिका अगाडी पुगी पुत्ला जलाएका छन् । 


प्रधानमन्त्री ओली नेतृत्वको सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्य बढाएपछि काँग्रेस र उसका सङ्गठनले विरोध गर्दै आएका छन् । 
सरकार पेट्रोलियम पदार्थ लगाएत दैनिक उपभोग्य बस्तुमा मूल्य बृद्धि गरेर जनताको ढाड सेक्ने योजनामा लागेको भन्दै आन्दोलित भएको नेविसंघ सिन्धुलीका सभापति उत्पल खड्काले बताउनुभयो ।  


यसैविच 
स्थानिय प्रशासनले विरोध जुलुस गर्न रोक लगाएको स्थानमा नेविसंघले विहिवार प्रधानमन्त्री ओलीको पुत्ला जलाएका छन् । 


जिल्ला सुरक्षा समितिको गत जेष्ठ २४ गते बसेको बैठकले लोकतान्त्रिक चौरमा मात्र कुनै पनि बेला जो सुकैले विरोध प्रदर्शन गर्न पाउने स्थान तोकेको थियो । 


तर नेविसंघले त्यो निर्णयलाई लत्याउदै कमलामाई नगरपालिका अगाडी नै प्रधानमन्त्री ओलीको पुत्ला जलाएको छ । 


 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी