हायसको ठक्करबाट तिन बर्षिया बालिका घाईते 

RadioSiddhababa

बुद्ध नेपाली,सिन्धुली जेष्ठ ३१  – वि पि राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशी गाउपालिका वडा नं. १ नेपालथोकमा हायसले ठक्कर दिदा ३ वर्षिया एक बालिका घाईते भएकी छिन् ।

 

विहीवार विहान काठमाडौंबाट झापा तर्फ आउदै गरेको बा. ४. ख ५६३६ नं. को हायसले ठक्कर दिदा विद्यालय आउदै गरेकी काभ्रेको तिमाल गाउपालिका ९ का रंजित तामाङकी छोरी  ३ वर्षिया पुर्णिमा लामा घाईते भएकी हुन् । 


हायसको ठक्करबाट घाईते भएकी लामाको टाउको, शरीरको बिभिन्न भागमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । कार्यालयका अनुसार स्थानिय स्वास्थ्य केन्द्रमा सामान्य उपचार पछि थप उपचारका लागी धुलिखेल अस्पताल पठाएको छ । 


हायस चलाक सुनसरी इटहरी उपमहानगरपालिका ३ का ३५ वर्षिय छत्र बहादुर पौडेललाई प्रहरीले नियन्त्रण लिएको बताइएको छ । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा