रामेछापमा प्रहरी र व्यवसायीबीच झडप, ४ जना घाइते

RadioSiddhababa

नवराज पथिक, ३१ जेठ, रामेछाप । रामेछापको सदरमुकाम मन्थलीमा बुधबार राति प्रहरी र स्थानीय व्यवसायीबीच झडप भएको छ । झडपको क्रममा प्रहरीले लाठीचार्ज गर्दा समाचार संकलनमा गएका पत्रकारसहित ४ जना घाइते भएका छन् ।

 

बीपी राजमार्गमा ढुवानीका साधन बन्द गरिएको विरोधमा आन्दोलनमा उत्रिएका व्यवसायीहरुलाई प्रहरीले बुधबार राति मन्थलीको भैसेसुरमा लाठी प्रहार गरेको हो ।


बीपी राजमार्गमा १० टन माथिका मालबाहक र १८ सिट माथिका सवारी साधन तत्कालको लागि सञ्चालन नगर्न सर्वोच्च अदालतले परमादेश जारी गरेपछि गएको जेठ २५ गतेदेखि वीपीमार्ग हुँदै रामेछाप छिर्ने यातायातका साधन सञ्चालनमा बन्दभएको छ । 

 

तराई तथा काठमाडौंबाट रामेछाप छिर्ने वैकल्पिक मार्ग नहुँदा रामेछापको बजारमा दैनिक उपभोग्य तथा निर्माण सामाग्रीको चरम अभाव भएको छ ।

 

रामेछाप छिर्ने ढुवानी सेवालाई रोक लगाए पनि प्रहरीले सिन्धुलीका व्यवसायीहरुसँग मिलेमतो गरी दोलखा जाने ठूला ढुवानीका साधनलाई राति छाडेको भन्दै तिनीहरुलाई रोक्न बुधबार राति मन्थलीका व्यवसायीहरु भैसेसुरमा भेला भएका थिए । सो स्थानमा राति ९ बजेसम्म २० वटाभन्दा बढी मालबाहक सवारी साधन रोकिएपछि प्रहरीले गन्तव्यमा पठाउन खोज्दा झडप भएको थियो ।

 

प्रहरीको लाठीचार्जबाट तामाकोसी ढुवानी सेवा समितिका अध्यक्ष नविन कार्की, व्यवसायीहरु उद्धवकुमार श्रेष्ठ र कृष्ण सुवेदी घाइते भएका छन् । समाचार संकलन गर्न गएका पत्रकार युनिक विफा घिसिङ पनि घाइते भएका छन् ।

 

घाइतेमध्ये कार्कीको आँखामा चोट लागेको छ । भने श्रेठको टाउको फुटेको छ । सुवेदीको शरिरका विभिन्न भागमा चोट छ । पत्रकार घिसिङका दुवै तिघ्रामा चोट छ । घाइतेहरुलाई राति नै तामाकोसी सहकारी अस्पतालमा ल्याएर उपचार गरिएको छ ।

 

घटनास्थलबाट प्रहरीले सिन्धुली घर भएका डोजर चालक गणेश खड्का र सहचालक होमबहादुर प्रधानलाई नियन्त्रणमा लिएको छ । उनीहरु झडप भएको स्थानमा रहेको पार्किङ गर्ने ठाउँमा डोजर थन्क्याउन गएका थिए ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा