सिन्धुलीमा ७७ प्रतिशत गर्भवती महिलाले घरमै असुरक्षित तरिकाले बच्चा जन्माउछन

डाक्टर भन्छन आमा बच्चा दुवैको मृत्यु हुनसक्छ

RadioSiddhababa

बुद्ध नेपाली, सिन्धुली जेष्ठ ३० । सिन्धुलीको कमलामाई नगरपालिका वडा नं. ७ बासकटेरी टंसार भंज्याङकी राजकुमारी तामाङले घरमै छोरा  जन्माउनु भयो तर बच्चा जन्माएको आधा घन्टामै उहाँ बित्नुभयो । अहिले उहाँका छोरा हुर्काउने जिम्मा हजुरआमा बदमकुमारीमा छ । 


आपूm गर्भवती भएपछि राजकुमारीले एक पटक मात्र गर्भ जचाउनु भएको थियो । परिवारले पनि पहिले जस्तै सजिलै होला भन्ने सोचे तर त्यसो भएन । राजकुमारीका श्रीमान बिनोद भन्छन्—  बेथा लागेको केही समयमै बच्चा जन्मियो । खासै केही भएको थिएन् तर  बच्चा जन्मेको आधी घण्टा भित्रै श्रीमती धेरै छट्पटाईन । त्यसको केही मिनेट मै उनको सास  रोकियो । 


 बेथा लागेको केही समयमै बच्चा जन्मियो । खासै केही भएको थिएन् तर  बच्चा जन्मेको आधी घण्टा भित्रै श्रीमती धेरै छट्पटाईन । त्यसको केही मिनेट मै उनको सास  रोकियो । 

 राज कुमारीले त्यसअघिका दुई सन्तान पनि घरमै जन्मिएकी थिईन । उनका जेठा  छोरा आठ बर्ष पुगे ।  दोस्रो पटक छोरी जन्मेकी थिइन । तर उनी जन्मेको एक घण्टा मै बितिन् । तेस्रो सन्तान जन्माएपछि त आमा नै बितिन् । राजकुमारीले कुनै पनि सन्तान गर्भमा रहँदा नियमित रुपमा स्वास्थ्यजाँच गराइनन् । बच्चा जन्माउने बेलामाउनलाई अस्पताल पनि लगिएन । 


जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीको जिल्ला स्वास्थ्य प्रतिवेदनका अनुसार २०७३।२०७४मा  सिन्धुलीकागर्भवती महिलामध्ये २३ प्रतिशतले मात्र बर्थिङ सेन्टरमा गएर सुरक्षित तरिकाले बच्चा जन्माएका छन् । त्यस वर्ष ७७ प्रतिशत गर्भवती महिलाले घरमै असुरक्षित तरिकाले बच्चा जन्माएका थिए । 

 

२०७३।२०७४मा  सिन्धुलीकागर्भवती महिलामध्ये २३ प्रतिशतले मात्र बर्थिङ सेन्टरमा गएर सुरक्षित तरिकाले बच्चा जन्माएका छन् । त्यस वर्ष ७७ प्रतिशत गर्भवती महिलाले घरमै असुरक्षित तरिकाले बच्चा जन्माएका थिए 

त्यसको अघिल्लो वर्ष भने २५ प्रतिशत गर्भवती महिलाले प्रसुती सेवा लिएका थिए । त्यस वर्ष सिन्धुलीमा २० वटा बर्थिङ सेन्टर थिए । अर्काे वर्ष ३ वटा बर्थिङ सेन्टर थपिए तर तिनबाट सेवा लिने महिलाको प्रतिशत भने घट्यो ।सोही प्रतिवेदनका अनसार आर्थिक वर्ष २०७१।०७२मा २४.०३ प्रतिशत महिलाले मात्र प्रसुती सेवा लिएका थिए । 


नियमित रुपमा गर्भ जाँच नगराउँदा र सुरक्षित तरिकाले सुत्केरी गराउने सुविधाको उपयोग नगर्दा बच्चाको पनि ज्यान जाने गरेको छ । सिन्धुलीकै घ्याङलेख गाउपालिका वडा नं.४ नेत्रकाली गोपेकी शान्ती तामाङले घरमै बच्चा जन्माईन । तर जन्मेको १० घण्टा पनि नवित्दै बच्चा म¥यो । शान्ति भन्छिन“खासै ठुलो बेथा लागेको थिएन । एक घण्टा जति बेथा लागेपछि बच्चा जन्मियो । जन्मिदा बच्चा राम्रै देखेको थिएँ । एक्कासी के भयो भयो राती २ बज्दा नानी लाराकलरुक भयो। त्यस पछित उस्ले सासै फेर्न छाड्यो ।”


शान्तिले १७ वर्षको उमेरमा नौ कक्षा पढ्दा पढ्दै प्रेम बिबाह गरेकी थिइन । गर्भवती भएपछि जाँच गराउनुपर्छ भन्ने कुरा उनलाई थाहा थिएन । यसबारे अरुसँग खुलेर कुरा गर्न पनि उनलाई लाज र डर लाग्यो । गर्भ जाँच गराउनु पर्छ भन्ने सल्लाह कसैले दिँदा पनि दिएन ।


यसरी घर मै बच्चा जन्माउँदा आमा र बच्चा दुवैको ज्यान जाने जोखिम हुनुका साथै दुवैको स्वास्थ्यमा दिर्घकालिन असर पर्छ । जिल्ला अस्पताल सिन्धुलीका मेडिकल सुपरिटेन्डेट सुमित्रा गौतमका अनुसार स्वास्थ्य संस्थामा बच्चा जन्माउँदा र घर मै बच्चा जन्माउँदा आमा र बच्चा दुवैको बाँच्न सक्ने क्षमतामा फरक पर्ने गर्छ । 


घरमै बच्चा जन्माउदा बच्चा जन्मि सकेपछि धेरै रगत बग्ने, शाल अड्कने जस्ता समस्याले आमाको ज्यान जान सक्छ । गर्भवती हुँदा आमाका अङग फाटेका हुन्छन् । यस्ता वेलामा  आमालाई भिटामिन खुवाउनु पर्छ तर घरमै सुत्केरी हुँदा यी कुरा थाहा हुँदैन । 


गौतमका अनुसार, कहिले काही आमाको गुप्ताङग पुरै च्यातिएर रगत धेरै बग्छ । यसले गर्दा तत्काल ज्यान गएन भने पनि पछि पाठेघर खस्ने समस्या हुनसक्छ । बच्चा जन्मेको ठाउँ फोहोर छ भने पनि त्यसबाट घाउ भइ पछि रगत बग्ने, ज्वरो आउने हुन्छ जसका कारण आमा बच्चा दुवैको मृत्यु हुनसक्छ । 


“घर मै बच्चा जन्माउँदा बच्चा निसासिन सक्छ । बच्चा जन्मि सके पछि चिसो लाग्न सक्छ । यसले गर्दा बच्चाको ज्यान जानसक्छ ।  घरमै बच्चा जन्माउँदा बच्चाको कति तौल छ भन्ने थाहा हुदैन । कुनै कुनै आमा र बच्चाको रगत फरक हुनसक्छ । त्यस्ता बेलामा७२ घण्टा भित्र सुई लगाउनु पर्नेहुन्छ । तर घर मै गर्भवती हुदाँ यी सवै कुरा हुदैन र बच्चाको ज्यान जान्छ,” गौतम भन्नुहुन्छ । 


यस्तै, कतिपय बच्चालाई आइसियुमा राख्नु पर्ने हुन्छ तर घर मै बच्चा जन्माउँदा त्यसो गर्न सकिँदैन । कहिले काही बच्चा जन्मदै उसलाईरोग लागेको हुनसक्छ । घरमै बच्चा जन्माउँदा बच्चालाई रोग लागे नलागेको थाहा हुँदैन । अस्पतालमा भयो भने तत्काल रोग पत्ता लाग्छ र उपचार हुन्छ । “घरमै जन्मायो भने बच्चा कस्तो हुन्छ भन्न सकिन्नँ, अस्पतालमा जन्माउँदा बच्चा भविष्यमा कस्तो हुन्छ, बच्चाको मस्तिक कस्तो छ त्यो पनि थाहा हुन्छ,” गौतम  भन्नुहुन्छ । 


बच्चा घरमा जन्माउँदा आमा र बच्चा दुवैको ज्यान जाने तथा स्वास्थ्यमा असर पर्ने हुनाले नेपालमा २०६५ साल देखि आमा सुरक्षा कार्यक्रम लागु भएको छ । सिन्धुलीमा पनि सोही सालबाट यो कार्यक्रम लागु भएको हो । आमा सुरक्षा कार्यक्रम अन्तर्गत तोकिएका स्वास्थ्य संस्थामा प्रसुती गराउँदा सेवाग्राहीलाई निःशुल्क सेवा प्रदान गरिन्छ । 


सिन्धुलीका अधिकांश भुभागमा पहाड पर्छ । ग्रामिण भेगमा यातायातका साधन नहुँदा  स्वास्थ्य संस्था पुग्न घन्टौँ हिँड्नुपर्छ । गर्भावस्थामा स्वास्थ्य परीक्षण गराउन परिवारले पनि सहयोग गर्दैनन् । यसो गर्नुपर्छ भन्ने चेतना पनि धेरैमा छैन । त्यसैले, गर्भावस्थामा स्वास्थ्य जाँच नगराउने र घर मै बसेर असुरक्षित रुपमा बच्चा जन्माउनेचलन रोकिएको छैन् ।  


जिल्ला जनस्वास्थ्य कार्यालय सिन्धुलीका सुरक्षित मातृत्व कार्यक्रमका फोकल पर्सन रुपा लामा ग्रामीण भेगमा जनचेतनाको कमी र परिवारको हेलचेक्राई सवै भन्दा ठुलो समस्या रहेको बताउनुहुन्छ । धेरैले “आ बच्चा पाउने त हो । हामीले घर मै पायौं, हाम्रा छोरी बुहारीले नि पाईहाल्छन्न नि” भन्छन् । ग्रामिण भेगमा प्रसुती गराउने दक्ष व्यक्तिको कमी भएकाले पनि धेरैले घरमै बच्चा जन्मिइरहेको उहाँले बताउनुभयो । 


लामाका अनुसार साँस्कृतिक तथा परम्परागत धारणाले गर्दा पनि आमा र बच्चाहरुको मृत्यु हुने गरेको छ । गर्भवती महिला र बच्चालाई स्वास्थ्य संस्था लैजाने निर्णय गर्न र स्वास्थ्य संस्थामा पु¥याउन ढिलाई हुनाले पनि आमा र बच्चाको ज्यान जाने गरेको छ । 


 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

लैङ्गिक उत्तरदायी बिद्यालय तथा समुदाय सुरक्षा पहल परियोजना अन्तर्गत बागमति प्रदेश स्तरिय कार्यशाला सम्पन्न 

सिन्धुली, चैत ६, २०८० मंगलबार ।   लैङ्गिक उत्तरदायी विपद् जोखीम ब्यवस्थापन, जलवायु परिवर्तन अनुकुलन तथा बृहत्तर बिद्यालय सुरक्षा ढाचाँको

RadioSiddhababa

नवनिर्मित दुधौली नगर अस्पतालको प्रधानमन्त्री प्रचण्ड बाट समुद्घाटन

सिन्धुली, माघ २०, २०८० शनिबार । सिन्धुलीको दुधौली नगरपालिका ५ सिर्थौलीमा निर्माण भएको दुधौली नगर अस्पतालको प्रधानमन्त्री पुष्पकमल दाहाल

RadioSiddhababa

शहीद दिवसको अवसरमा सिन्धुलीमा बिभिन्न कार्यक्रमको आयोजना 

  सिन्धुली, माघ १६, २०७९ सोमबार । आज शहीद दिवस सिन्धुली सहित देशभर बिभिन्न कार्यक्रम गरि मनाइएको छ ।  प्रजातन्त्र स्थापना एवम् पुनर्स्थापना तथा