वरिष्ठ कलाकार भीमबहादुर थापाको निधन

RadioSiddhababa

३० जेठ, काठमाडौं । वरिष्ठ कलाकार भीम बहादुर थापाको ९२ वर्षको उमेरमा निधन भएको छ । बुधबार बिहान दुई बजेतिर उनको निधन भएको हो ।

 

उनको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि प्रज्ञाभवनमा राखिँदै छ । कलाकार दीपकराज गिरिका अनुसार बिहान १० बजेपछि पशुपति आर्यघाटमा थापाको अन्तिम संस्कार गरिने छ ।


थापाले झण्डै एक सयवटा चलचित्र र टेलीचलचित्रमा अभिनय गरेका छन् । वि.सं. १९८३ असार १३ गते खोटाङमा जन्मिएका थापाले ब्रिटिश आर्मीमा भर्ना भएर दोस्रो विश्वयुद्धमा लडाईं लडेका थिए ।

 

थापाको निधनमा धेरै कलाकारहरुले सामाजिक श्रद्धाञ्जली दिइरहेका छन् । कलाकार जितु नेपालले लेखेका छन्, ‘बरिष्ठ कलाकार भीम बहादुर बुवा हामीबीच रहनुभएन । बुवाको आत्माको चीर शान्ती कामना गर्दै भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दछु ।’
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को उपाधी, सुनकोशी र फिक्कल गाउँपालिकालाई 

  सिन्धुली, माघ २७, २०८० शनिबार । “सिन्धुली लोक स्टार सिजन १” को गायन तर्फ सुनकोशी गाउँपालिकाको प्रगतीशिल सेकेन्डरी स्कुल प्रथम भएको छ ।

RadioSiddhababa

भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक

सिन्धुली, माघ २६, २०८० शुक्रबार । सुरेन्द्र बसेलको निर्देशन गायक भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक भएको छ । गितको मुख्य

RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरणको कार्यक्रम सम्पन्न

  सिन्धुली, माघ १५, २०८० सोमबार । सिन्धुली जिल्ला स्तरिय लोक नृत्य तथा गायन प्रतियोगिता “सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरण अन्तर्गत पालिका