नृत्यबाट अभिनयमा

RadioSiddhababa

जेष्ठ २९,
सुनिल क्षेत्री कुशल नृत्य कलाकार हुन् । भारतीय रियालिटी शो डिआईडी सिजन–४ को टप टेन भित्र पर्न सफल क्षेत्री नृत्यमा अब्बल भएकै कारण दर्जनौं म्युजिक भिडियोमा मुख्य भूमिकामा प्रस्तुत भैसकेका छन् ।


उनले दर्जनौं भिडियोमा कोरियोग्राफी समेत गरिसकेका छन् । नृत्यमा पारंगत कलाकार क्षेत्री एउटा संगीत तथा नृत्य प्रधान चलचित्रबाट ठूलो पर्दामा पदार्पण गर्दैछन् । प्रदर्शनको तयारीमा रहेको चलचित्र चि मुसी चीमार्फत क्षेत्री अभिनेताका रूपमा दर्शकमाझ आउन लागेका हुन् । चलचित्रको हालै सार्वजनिक एउटा गीतमा क्षेत्रीलाई आकर्षक शैलीमा चित्रण गरिएको छ ।

 

रमाइलो कुरा के छ भने यही चलचित्रमार्फत अभिनेत्रीका रूपमा पदार्पण गर्ने अलिशा शर्मा पनि कुशल नृत्यांगना हुन् । चलचित्रमा क्षेत्रीले आफ्नो सिक्स प्याक समेत देखाउन भ्याएका छन् भने अलिशाले पनि सारीदेखि बिकिनीसम्मका पहिरनमार्फत आफ्ना सौन्दर्य प्रस्तुत गरेकी छिन् । 

 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को उपाधी, सुनकोशी र फिक्कल गाउँपालिकालाई 

  सिन्धुली, माघ २७, २०८० शनिबार । “सिन्धुली लोक स्टार सिजन १” को गायन तर्फ सुनकोशी गाउँपालिकाको प्रगतीशिल सेकेन्डरी स्कुल प्रथम भएको छ ।

RadioSiddhababa

भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक

सिन्धुली, माघ २६, २०८० शुक्रबार । सुरेन्द्र बसेलको निर्देशन गायक भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक भएको छ । गितको मुख्य

RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरणको कार्यक्रम सम्पन्न

  सिन्धुली, माघ १५, २०८० सोमबार । सिन्धुली जिल्ला स्तरिय लोक नृत्य तथा गायन प्रतियोगिता “सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरण अन्तर्गत पालिका