बलिउड फिल्ममा अनमोल अनुबन्ध

RadioSiddhababa

जेष्ठ २९, काठमाण्डौ  _ नेपाली फिल्मका सुपरस्टार अनमोल केसीले आफ्नो बलिउड यात्रा आरम्भ गरेका छन् । अचेल आफू अभिनीत छैठौँ फिल्म ’क्याप्टेन’ को छायांकनमा व्यस्त उनले हालैमा भारतको सुप्रशिद्ध म्यूजिक कम्पनी ’वल्डवाईड रिकाड्र्स प्रा.ली’ ले निर्माण गर्न लागेको एक हिन्दी फिल्म साइन गरेका छन् ।

 
 
भारतको ’हमारा महानगर’ पत्रिकाले ’नेपाली सुपरस्टार अनमोल केसीको बलिउडमा ईन्ट्री’ शिर्षकमा एक समाचार प्रकाशन गरेको छ । नाम तय नभएको उक्त फिल्म भारत र नेपालबाहेक ७४ देशमा प्रदर्शन हुने समाचारमा उल्लेख छ । यो पत्रिकाको समाचार अनमोलले आफ्नो आधिकारिक फेसबुकमा पनि शेयर गरेका छन् । 
 


’वल्डवाईड रिकाड्र्स’ ले अहिलेसम्म म्यूजिक मात्र रिलिज गर्दै आएको थियो । अनमोललाई लिएर यो कम्पनीले पहिलो पटक फिल्म निर्माण गर्न लागेको हो । खबरअनुसार, उक्त फिल्मलाई भुवन केसीले निर्देशन गर्नेछन् । यसअघि उनले ’ड्रिम्स’ नामक फिल्मको निर्देशन सम्हालेका थिए । 

 

यस अनटाइटल हिन्दी प्रोजेक्टका लागि अनमोलले महँगो पारिश्रमिक बुझेको चर्चा छ । ’वल्डवाईड रिकाड्र्स’ का वनर रत्नाकर कुमारले भनेका छन्, ’अब हामी नेपाली कलाकारसँग पनि काम गर्दैछौँ । नयाँ प्रोजेक्टलाई लिएर म निकै उत्साहित छु ।’ 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को उपाधी, सुनकोशी र फिक्कल गाउँपालिकालाई 

  सिन्धुली, माघ २७, २०८० शनिबार । “सिन्धुली लोक स्टार सिजन १” को गायन तर्फ सुनकोशी गाउँपालिकाको प्रगतीशिल सेकेन्डरी स्कुल प्रथम भएको छ ।

RadioSiddhababa

भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक

सिन्धुली, माघ २६, २०८० शुक्रबार । सुरेन्द्र बसेलको निर्देशन गायक भुवन थापा मगरको आवजमा “सानू तिमिलाइ” बोलको गित सार्वजनिक भएको छ । गितको मुख्य

RadioSiddhababa

“सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरणको कार्यक्रम सम्पन्न

  सिन्धुली, माघ १५, २०८० सोमबार । सिन्धुली जिल्ला स्तरिय लोक नृत्य तथा गायन प्रतियोगिता “सिन्धुली लोक स्टार सिजन १” को पहिलो चरण अन्तर्गत पालिका