मार्क्सवादी स्कूल सञ्चालनबारे ब्राजिलको अध्ययन गरेर फर्किए नेकपाका नेता

RadioSiddhababa

२९ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले अब मार्क्सवाद पढाउन स्कूल सञ्चालन गर्ने भएको छ । नेपालमा मार्क्सवादबारे नियमित कक्षा चलाउन मदन भण्डारी एसियन स्कूल स्थापना हुने भएको छ ।

 

ब्राजिलमा मार्क्सवादबारे आयोजित कार्यक्रममा सहभागी भएर मंगलबार फर्किएका नेकपाका वरिष्ठ नेता माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठले स्कूल स्थापनाबारे अध्ययन गरिएको बताए ।


ब्राजिलको फ्लोरेस्टन फर्नान्डेज नेसनल स्कूलको अध्ययन भ्रमणमा गएका नेताद्वयले नेपालमा माक्र्सवादी स्कूल सञ्चालनको बारेमा छलफल गरेको बताएका छन् । नेताहरुले ब्राजिलमा उक्त स्कुलको प्रशिक्षण कार्यक्रममा समेत सहभागी भएर शिक्षण सिकाइको अनुभव पनि ग्रहण गरेको बताएका छन् ।

 

त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री नेपालले नेपाल कम्युनिस्ट पार्टीको एकीकरणले अन्तर्रा्ष्ट्रिय समुदाय खुसी रहेको बताए । उनले नेकपाको एकताले अन्तर्रा्ष्ट्रिय समुदाय र विशेष गरी विश्वका कम्युनिस्टलाई उत्साह जगाएको दावी समेत गरे ।

 

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टीले प्राप्त गरेको सफलताका विषयमा पनि अन्तराष्ट्रिय कम्युनिष्ट पार्टीहरुसँग छलफल गरिएको बताए । उनले नेपाल कम्युनिष्ट पार्टीको सफलताका कारणबारे विश्वका सबै कम्युनिष्ट पार्टीहरुले गहिरो चासो व्यक्त गरेको पनि जानकारी दिए ।

 

दुवै नेताले ब्राजिल बसाईका क्रममा त्यहाँका सांसदहरुसँग पनि सामूहिक भेटगरी द्विपक्षीय हितका विषयमा पनि छलफल गरेका थिए । 
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी