छात्रा वक्तृत्वकला प्रतियोगीतामा कोईराला प्रथम

RadioSiddhababa

बुद्ध नेपाली, सिन्धुली, जेष्ठ २७  – विश्व वातावरण दिवस सप्ताह व्यापी मनाउने अभियान अन्तरगत आज सिन्धुलीमाढीमा माध्यमिक विद्यालय स्तरिय छात्रा वक्तृत्वकला प्रतियोगिता गरिएको छ । “वातावरण संरक्षण र विपद् व्यवस्थापनमा नागरिकको भुमिका” विषयक माध्यमिक विद्यालय स्तरिय वक्तित्वकला प्रतियोगिता गरिएको हो । 

 

नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुली, प्लन नेपाल सिन्धुलीको सहयोग तथा कमलामाई नगरपालिकाको आयोजनामा भएको प्रतियोगीतामा न्यु इग्लीस बोर्डिङ स्कुल मिलनचोकका श्रद्धा कोईराला प्रथम भएका छन् । ९ जना प्रतियोगीलाई पछि पार्दै कोईराला प्रतियोगीतामा प्रथम भएका हुन् । 


प्रतियोगीतामा सूर्यदय मा.विका सृष्टी गौतम द्धितीय, जनज्योती मा.वि फोस्रेटारका शुशिला पहाडी तृतिय र भगवती मा.वि का शिलता थापा सानत्वना भएका छन् । 

 

प्रतियोगितामा सदरमुकाम भित्रका विभिन्न १० वटा विद्यालका छात्राले सहभागिता जनाएका थिए । प्रतियोगिताको निर्णायकको भूमिका फाल्गुणी शर्मा तिमल्सिना र सिन्धुली वहुमुखी क्याम्पसका प्राध्यापक विश्वराज शर्माले निर्वाह गर्नुभएको थियो ।  

 

कमलामाई नगरपालिकाका प्रमुख खड्ग बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदी, रेडियो शिद्धबाबाका प्रबन्ध निर्देशक टिकाजंग थापा, नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा सिन्धुलीका सभापति अशोक श्रेष्ठ, प्लन नेपाल सिन्धुलीका प्रमुख, प्रतियोगी विद्यालयका शिक्षक विद्यार्थीको सहभागिता रहेको थियो । 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

बद्लिएर आफू अरूलाई बदल्न चम्किएका हिरा, तारा र मन्दिरा

सरला सुनुवार सिन्धुली ।    गोलन्जोर गाउँपालिका ३ की मन्दिरा बयलकोटी सानै देखि जिज्ञासु र छुच्चो स्वाभकी थिइन् ।मन्दिरा सानै देखी  बोल्न र आफ्नो

RadioSiddhababa

प्रविधिको प्रयोग र बालबालिका 

कल्पना भुजेल सिन्धुली । कमलामाई नगरपालिका ७ की भूमिका सारू मगर ११ वर्षकी भइन् कक्षा ४ मा पढ्दै छिन् । उनको दुई ओटा टिकटक आइडी छ छिमेकी दिदीले बनाई

RadioSiddhababa

ह्विलचियरको साहारमा हिन्नेहरुको कथा  

कल्पाना भुजेल सिन्धुली ।  त्यो कहाली लाग्दो दिन सडक दुर्घटना सिन्धुलीको कमलामाई नगरपालिका ५ मधुटारका विश्वलाल थिङ लाई पटकै सम्झन मन छैन । तर