ढुंगेललाई जेलमुक्त गर्ने तयारी भए नभएकोबारे सरकारले आज जवाफ दिने

RadioSiddhababa

काठमाडौं, जेठ १४ – सरकारले ढुंगेललाई आम माफी दिने तयारी गरे नगरेकोबारे आज सर्वोच्च अदालतलाई जवाफ दिँदैछ । सर्वोच्च अदालतले व्यक्ति हत्याको अभियोग पुष्टि गर्दै जन्मकैद तोकका ढुँगेलको चालचलन असल रहेको भन्दै थुनामुक्त गराउने तयारी गरे नगरेकोबारे २४ घण्टामा जवाफ दिन गएको शुक्रबार सरकारलाई निर्देशन दिएको हो ।

 

सरकारले हिजै जवाफ पेश गर्ने तयारी गरे पनि पालो नआएकाले आज जवाफ पेश गर्न लागेको हो । आज दुवै पक्षको सुनुवाई गराउने तयारी रहेको सर्वोच्च प्रशासनले जनाएको छ ।

 

कारागार विभागले गणतन्त्र दिवसका दिन कैद मिनाहा गर्ने कैदीको नामको सूचिमा ढुंगेलको नाम पनि सिफारिस गरेपछि अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्चमा रिट निवेदन दायर गर्नुभएको हो । दुवै पक्षको बहस सुनेपछि आजै सर्वोच्चले यसबारेमा निर्णय सुनाउनेछ । सर्वोच्चले आज निर्णय नगरे सरकारले भोली गणतन्त्र दिवसका दिन ढुंगेललाई माफी दिन अवरोध हुने छैन ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी