कसैले गेट आउट भन्दैमा पार्टी नेतृत्व छाडिँदैन ः देउवा

काठमाडौं, जेठ १३ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कसैले गेट आउट भन्दैमा आफूले पार्टीको नेतृत्व नछोडने स्पष्ट पार्नुभएको छ ।

 

सभापति देउवाले पार्टीलाई एकतावद्ध बनाएर लैजाने दायित्वप्रति आफू सचेत रहेको पनि स्पष्ट पार्नु्भयो । पार्टी निकट नेपाल प्रेस युनियनको स्थापना दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले ३ वर्षपछि पार्टीको महाधिवेशन हुने र त्यसमा पनि आफूले नेतृत्वका लागि प्रतिस्पर्धा गर्ने दावी समेत गर्नुभयो ।

 

सभापति देउवाले महाधिवेशनबाट निर्वा्चित सभापतिलाई गेट आउट भन्ने अधिकार कसैलाई नरहेको तर्क पनि गर्नुभयो । उहाँले दुई ठूला कम्युनिष्ट पार्टी मिलेका कारण पार्टीले निर्वाचनमा हार्नु परेको पनि दोर्होयाउनुभयो ।

 

सभापति देउवाले निर्वाचनको हारबाट नआत्तिन पनि पार्टीका नेता, कार्यकर्तालाई पुनः आह्वान गर्नुभयो । उहाँले आगामी निर्वाचनमा पार्टीलाई पुरानै अवस्थामा फर्काउने प्र्र्तिवद्धता दोर्होयाउँदै पार्टीका नेता, कार्यकर्तालाई एकतावद्ध भएर अघि बढन पनि सचेत गराउनुभयो ।

 


सभापति देउवाले पूर्ण प्रेस स्वतन्त्रताको पक्षमा कांग्रेस प्रतिवद्ध रहेको पनि बताउनुभयो । कार्यक्रममा बोल्दै पार्टीका महामन्त्री डा. शशांक कोइरालाले नेपाली कांग्रेसको भविष्य राम्रो रहेको उल्लेख गर्दै पार्टीलाई एकतावद्ध बनाएर लैजान पार्टी सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

 

महामन्त्री कोइरालाले पार्टी एकतालाई बलियो बनाएर लैजाने काममा सहयोग गर्न प्रेस युनियनका नेतृत्वसँग पनि आग्रह गर्नुभयो ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी