सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित

काठमाडौं, जेठ १३ – सरकारको आउँदो आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

 

आइतबार प्रतिनिधिसभामा सभामुख कृष्णबहादुर महराले निर्णयार्थ पेश गर्नु भएको सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । सरकारको नीति तथा कार्यक्रममाथि प्रधानमन्त्री केपी शर्मा ओलीले जवाफ दिएपछि प्रतिनिधिसभा त्यो प्रस्ताव निर्णयार्थ पेश गरिएको थियो ।

 

सरकारको नीति तथा कार्यक्रममा ६ वटा संशोधन प्रस्ताव दर्ता गरिएको थियो । त्यसमध्ये कांग्रेस नेता डा. मिनेन्द्र रिजाल र राष्ट्रिय जनता पार्टी, नेपालका अनिलकुमार झाले भने संशोधन प्रस्ताव फिर्ता लिन मान्नु भएन । गएको जेठ ७ गते संघीय संसदको दुवै सदनमा राष्ट्रपति विद्या भण्डारीले सरकारको नीति तथा कार्यक्रम पेश गर्नु भएको थियो ।

 

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले कार्यक्रमविनाको नीति आएको भन्दै सरकारको नीति तथा कार्यक्रमको आलोचना गरेको थियो भने सरकारलाई समर्थन गरेको संघीय समाजवादी फोरम, नेपाल र राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन गर्ने प्रतिवद्धता नआएको भन्दै असन्तुष्टि जनाएका थिए ।
 

प्रतिकृया दिनुहोस
RadioSiddhababa

एमाले सिन्धुलीको नवनिर्वाचित पदाधीकारी तथा सदस्यहरुलाई सपथ ग्रहण गराइयो

  सिन्धुली, बैशाख ३, २०८० सोमबार । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आठौं जिल्ला अधिवेशन बाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुले सपथ ग्रहण गरेका

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित

सिन्धुली, बैशाख १, २०८१ शनिबार  नेकपा एमाले सिन्धुलीको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ निर्वाचित हुनुभएको छ । आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व

RadioSiddhababa

नेकपा एमाले सिन्धुलीको ८ औं अधिवेसन अन्तर्गत भएको मतदानमा ७ सय ५४ मत खस्यो 

सिन्धुली, चैत ३०, २०८० शुक्रबार । नेकपा एमाले सिन्धुलीको आठौं अधिवेश अन्तर्गत नयाँ नेतृत्व छनौटका लागि भएको मतदान सम्पन्न भएको छ। सिन्धुलीमाढी