हाम्रो बारेमा

सामुदायिक रेडियो शिद्धबाबा ९८ दशमलव ४ मेगाहर्ज सिन्धुली जिल्लाका युवा पत्रकारहरुको सक्रियतामा सहकारी मार्फत सञ्चालित रेडियो हो । जिल्लाको समग्र सञ्चार, शिक्षा र सहकारी विकासमा क्रियाशिल रही सञ्चारको अभावलाई  पुरा गर्न जिल्लाकै स्रोत साधनबाट सञ्चालित यस रेडियोले सम्वृद्ध समाज निर्माणको अभियान... भन्ने नाराई प्राथमिकतामा राखी अघि बढिरहेको छ । यो रेडियो कमलामाई नगरपालिका वडा नं ९ सञ्चार टावर मल्लगाऊबाट अत्याधुनिक स्टुडियो र साउण्ड सिष्टमबाट प्रशारित  रेडियो हो । नेपाली समाजमा ऐतिहासिक काल देखि नै परम्परागत सहकार्यका अनेकौं रुप देखिएको  र हिजो आज निरन्तर  वैज्ञानिक र व्यवस्थित रुपमा सहकारीको विकास भई सहकार्यका कामहरु भईरहेको समयमा सहकारीकै माध्यमबाट आम नेपालीको स्पन्दन बन्ने उदेश्यले यस रेडियोको सञ्चालन गरिएको हो ।
 
                           जिल्लामा पहिलो पटक ५ सय वाटको क्षमता लिएर मिति २०६९ असोज २५  गतेबाट परिक्षण प्रसारण सुभारम्भ गरेको यस रेडियोले २०६९ पुस १५ बाट समाचार, सुचना, मनोरञ्जनलाई एक साथ लिएर नियमित प्रशारण शुरु गरेको हो । यो रेडियो सिन्धुली जिल्लाको भु–भागमा सुनिनुका साथै छिमेकी जिल्लाहरु रामेछाप, दोलखा, काभ्रे, ओखलढुगा, उदयपुर, सिरहा, धनुषा महोत्तरी, सप्तरी, सर्लाही, रौतहट, मकवानपुर, लगाएतका जिल्लाहरुमा ९८ दशमलव ४ मेगाहर्जमा सुन्न सकिन्छ । साथै radiosiddhababa.org.np  मार्फत संसारको जुनसुकै स्थान  वाट एकै साथ सुन्न सकिन्छ । सिन्धुली जिल्लाको संञ्चार क्षेत्रमा रहेका अन्य संञ्चार माध्यमहरु भन्दा यो रेडियो सिनधुली जिल्लाकै सर्वोत्कृष्ट रेडियो हो । रेडियाले समाचार, खोजमुलक तथा अनुसन्धानमुलक र मनोरञ्जनात्मक कार्यक्रमहरु उत्पादन तथा प्रशारण गर्दै आएको छ ।  विकास निर्माणको काम लाई प्राथमिकताका साथ प्रशारण गरी समाज रुपान्तरणका लागि निरन्तर रुपमा लागि पर्ने छ । हाल दैनिक बिहान ४ः०० बजे देखि राति ११ बजेसम्म प्रशारण हुदै आएको छ ।